Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

समन्वय बैठक सम्पन्न, विकास निर्माणका समस्या समाधानमा जोड

1 महिना अगाडी

2083-01-17


IMG_20260429_143331.jpg तस्बिर :

बर्दिया, बैशाख १६ — जिल्ला प्रशासन कार्यालय बर्दियाको सभाहलमा आज एक महत्वपूर्ण समन्वय बैठक सम्पन्न भएको छ। बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य माननीय ठाकुर सिंह थारु र श्रीधर पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा जिल्लाभित्र कार्यक्षेत्र भएका विभिन्न विकास आयोजना तथा कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो।

बैठकमा जिल्लामा सञ्चालनमा रहेका विकास निर्माण कार्यमा देखिएका समस्या, चुनौती तथा समाधानका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले विशेषगरी बजेट कार्यान्वयनमा ढिलाइ, प्राविधिक जनशक्तिको अभाव, समन्वयको कमी तथा प्रशासनिक प्रक्रियामा देखिएका जटिलताहरूलाई प्रमुख समस्याका रूपमा औंल्याएका थिए।

त्यसैगरी, नेपाल सरकारद्वारा जारी १०० बुँदे सुधार कार्यक्रमको प्रभावकारी कार्यान्वयनका विषयमा समेत गहन छलफल गरिएको थियो। उक्त कार्यक्रमलाई जिल्लास्तरमा प्रभावकारी रूपमा लागू गर्न आवश्यक समन्वय, अनुगमन तथा सहकार्यलाई सुदृढ बनाउने विषयमा सहभागीहरूले जोड दिएका थिए।

बैठकले विकास निर्माण कार्यलाई समयमै सम्पन्न गर्न सरोकारवाला निकायबीच समन्वय बढाउने, देखिएका समस्याहरूको शीघ्र समाधान गर्ने तथा १०० बुँदे सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्बन्धमा छलफल गरेको छ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले विकास निर्माण कार्यमा देखिएका समस्या समाधानका लागि सबै निकायबीच सहकार्य र उत्तरदायित्व आवश्यक रहेको बताउँदै निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो। प्रमुख अतिथि माननीय सदस्यद्वयले समेत विकासलाई तीव्रता दिन सबै पक्षले जिम्मेवारीपूर्वक काम गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकले जिल्लाको समग्र विकासलाई थप गतिशील बनाउन सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:35:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .