Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, जेष्ठ २८, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)।

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला परिचय 2075-07-13

पाँच नं.  प्रदेशमा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्नभण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश को बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्गकि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६प्रतिशत)  तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । बिगतमा आदीबासी ‍थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।

बि.स. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले ईष्टईण्डिया कम्पनीलाई सहयोग गरेवापत बि.स. १८७३ को सुगौली सन्धीबाट गुमेको भु-भाग मध्ये बि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कंञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगाएत उल्लेखित जिल्लाहरु नयाँ मुलुकको रुपमा पनि चिनिन्छन । यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवम् पौराणीक आख्यानहरु रहेको पाइन्छ । ति मध्ये केही यस प्रकार छन् ।

  • थारु भाषामा गाईगोरु पाल्नेलाई वर्दवा भनिन्छ । वर्दिया जिल्लामा गाईगोरुलाई प्रशस्त चरनक्षेत्र भएकोले धेरै गाई गोरु पाल्ने र वर्दवाहरु धेरै बसोबास गर्ने भएकाले पछि वर्दवाबाट अपभ्रंस भई बर्दिया जिल्ला नामकरण रहेको हो भन्ने पनि भनाई छ ।
  • साविक पदनाह गा.वि.स. हालको बारबर्दिया नगरपालिकामा वारवर्दिया भन्ने गाँउ छ, पहिले यसै ठाँउमा हरिहर उपाध्याय नामका ठुला जमिन्दारको महल थियो । वर्दियामा खेतिको लागि उन्नत जमिन भएको कारण बाहिरबाट बसाई सराई गरी यसै ठाउँमा आउन थाले र यो ठाउँ प्रसिद्ध हुन थाल्यो, अन्तमा यसै ठाउँको नामबाट बर्दिया जिल्ला नामाकरण रहन गएको हो भन्ने भनाई छ ।

जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, देशकै ठूलो कर्णाली नदी, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक साँस्कृतिक, सहिष्णुता समाज समेतले बर्दियाको चिनारी दिइरहेको छ ।


Per Page :
Loading जिल्ला परिचय ...
मिति जिल्ला परिचय विवरण फाईलहरु एक्सन
2081-07-05 बर्दिया जिल्लाको बस्तुगत विवरण २०८०

2081-07-05
2076-02-08 बर्दिया जिल्लाको प्रोफाइल

2076-02-08
Loading जिल्ला परिचय ...
पछिल्लो अपडेट गरिएको : 2083-02-26 13:24:16

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .