पाँच नं. प्रदेशमा पर्ने बर्दिया जिल्ला नेपालको पश्चिम क्षेत्रको अन्नभण्डारको रुपमा पनि चिनिन्छ । यो जिल्लाको पुर्वमा बाँके, पश्चिममा कैलाली, उत्तरमा सुर्खेत र सल्यान तथा दक्षिणमा भारतको उत्तर प्रदेश को बहराईच जिल्ला पर्दछ । यस जिल्लाको कुल क्षेत्रफल २०२५ वर्गकि.मी. मध्ये दुई तिहाइ भन्दा बढी भु-भाग (६८.७६प्रतिशत) तराईको समथल जमिनले ओगटेको छ भने बाँकी भाग (३१.२४ प्रतिशत) चुरे पर्वत पर्दछ । बिगतमा आदीबासी थारुहरुको बाहुल्यता रहेको यो जिल्ला पछिल्ला दिनहरुमा बाहिरी जिल्लाहरुबाट बसाईसराईको क्रम बढेसंगै जातिय र साँस्कृतिक बिबिधता रहेको छ ।
बि.स. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहको समस्या समाधान गर्न तत्कालिन प्रधानमन्त्री श्री ३ जंग बहादुर राणाले ईष्टईण्डिया कम्पनीलाई सहयोग गरेवापत बि.स. १८७३ को सुगौली सन्धीबाट गुमेको भु-भाग मध्ये बि.स. १९१७ मा बाँके, बर्दिया, कैलाली र कंञ्चनपुर नेपाललाई फिर्ता आएकोले बर्दिया लगाएत उल्लेखित जिल्लाहरु नयाँ मुलुकको रुपमा पनि चिनिन्छन । यस जिल्लाको नाम बर्दिया रहनुको पछाडी विभिन्न जनश्रुति, धार्मिक एवम् पौराणीक आख्यानहरु रहेको पाइन्छ । ति मध्ये केही यस प्रकार छन् ।
जैविक विविधता, दुर्लभ वन्यजन्तु कृष्णसार संरक्षण, देशकै ठूलो कर्णाली नदी, धार्मिक–भाषिक विविधता, अन्न भण्डार, विविध धार्मिक पर्यटकीय स्थल, धार्मिक साँस्कृतिक, सहिष्णुता समाज समेतले बर्दियाको चिनारी दिइरहेको छ ।
मिति | जिल्ला परिचय विवरण | फाईलहरु | एक्सन |
---|---|---|---|
2081-07-05 |
बर्दिया जिल्लाको बस्तुगत विवरण २०८०
4 महिना अगाडी |
||
2076-02-08 |
बर्दिया जिल्लाको प्रोफाइल
2076-02-08 |
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers