Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय, बर्दियामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न

1 महिना अगाडी

2083-02-04


700086822_4455764461366275_3141736753702878719_n.jpg तस्बिर :

मिति २०८३ साल जेठ ०४ गते, नेपाल संवत् ११४६ अनलाथ्व ४, सोमबारका दिन प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, बर्दियामा बर्दिया जिल्लाभित्र कार्यक्षेत्र रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको बैठक सम्पन्न भएको छ।बैठकमा जिल्लामा प्रवाह भइरहेको सार्वजनिक सेवा प्रभावकारी, सहज तथा नागरिकमैत्री बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। सेवाग्राहीलाई सरल, छिटोछरितो तथा गुणस्तरीय सेवा उपलब्ध गराउने, कार्यालयहरूबीच समन्वय र सहकार्य सुदृढ बनाउने तथा सेवा प्रवाहमा देखिएका समस्याको समाधानका उपायबारे सहभागीहरूबीच विचार आदानप्रदान भएको थियो।त्यसैगरी, मनसुनजन्य विपद् जोखिमलाई मध्यनजर गर्दै विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई तयारीमुखी बनाउने, सम्बन्धित निकायहरूबीच पूर्वसमन्वय गर्ने, आवश्यक स्रोतसाधनको व्यवस्थापन तथा जिम्मेवारी स्पष्ट गरी प्रभावकारी कार्यान्वयन गर्ने विषयमा समेत छलफल गरिएको थियो।बैठकमा जिल्लामा सञ्चालित विकास निर्माणका कार्यलाई निर्धारित समयसीमाभित्र गुणस्तरीयरूपमा सम्पन्न गराउने, विकास आयोजनाहरूको नियमित अनुगमन गर्ने तथा देखिएका अवरोध हटाउन आवश्यक सहजीकरण गर्ने विषयमा पनि जोड दिइएको थियो।साथै, नेपाल सरकार तथा सम्बन्धित मन्त्रालय/विभागबाट प्राप्त निर्देशन, परिपत्र तथा नीति–निर्देशनहरूको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न सबै कार्यालय प्रमुख तथा प्रतिनिधिलाई आग्रह गरिएको थियो। समग्र प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी, उत्तरदायी तथा परिणाममुखी बनाउन सम्बन्धित सबै निकायले आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न प्रमुख जिल्ला अधिकारीबाट आवश्यक निर्देशन समेत भएको थियो।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:35:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .