Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

आईतवार, श्रावण २४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कृत्रिम घटना अभ्यास सफलतापूर्वक सम्पन्नः

१ दिन अगाडी २०८३-०४-२२

जिल्ला विपद् व्यवस्थापन समिति, बर्दियाको मिति २०८३/०४/१९ गते को निर्णयबमोजिम सञ्चालित कृत्रिम घटना अभ्यास (Simulation Exercise) अन्तर्गत मिति २०८३/०४/२० गते विषयगत कार्यालयहरूको सहभागितामा टेबलटप कार्यक्रम, मिति २०८३/०४/२१ गते ड्रिल तथा मिति २०८३/०४/२२ गते बिहान ८:४५ बजेदेखि प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री गोगन बहादुर हमालको अध्यक्षतामा शुरु भएको घटना अभ्यास (Field Simulation Exercise) सफलतापूर्वक सम्पन्न भएको छ। उक्त अभ्यासमा सम्भावित विपद्को अवस्थालाई अनुकरण गर्दै खोज तथा उद्धार, आपत्कालीन समन्वय, सूचना व्यवस्थापन, स्रोत-साधन परिचालन तथा राहत व्यवस्थापनसम्बन्धी कार्यहरूको व्यावहारिक अभ्यास गरिएको थियो। यस अभ्यासले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा सम्बन्धित निकायहरूबीचको समन्वयलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्‍याएको विश्वास लिइएको छ। कार्यक्रम सफल बनाउन सक्रिय सहभागिता जनाउनुहुने जिल्ला विपद् व्यवस्थापन समितिका सम्पूर्ण सदस्य, सुरक्षा निकाय, स्थानीय तह, विषयगत कार्यालय, राजनीतिक दल, निर्माण व्यवसायी, उद्योग वाणिज्य संघ, नागरिक समाज, बार एशोसियशन, संघ संस्था, सरोकारवाला निकाय तथा स्वयंसेवकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। साथै, वास्तविक विपद्को समयमा समेत यही प्रकारको सहकार्य, समन्वय र प्रतिबद्धता कायम रहने अपेक्षा गरिएको छ। यस कृत्रिम घटना अभ्यासको योजना, सञ्चालन तथा सहजीकरणमा महत्वपूर्ण सहयोग पुर्‍याउनुहुने भेरी वातावरणीय विशिष्टता समूह (बी-ग्रुप), प्लान ईन्टरनेशनल नेपालको सहयोगमा संचालित प्रयास २ परियोजना लगायत सम्पूर्ण साझेदार संस्थाहरूप्रति जिल्ला विपद् व्यवस्थापन समिति, बर्दियाले विशेष आभार व्यक्त गरेको छ।

फाईलको नाम / शिर्षक फाईलको साइज एक्सन
WhatsApp_Image_2026_08_07_at_12.25.18_PM_(1).jpeg 114.18 KB
WhatsApp_Image_2026_08_07_at_12.26.37_PM.jpeg 123.25 KB
WhatsApp_Image_2026_08_07_at_12.26.40_PM.jpeg 103.97 KB
WhatsApp_Image_2026_08_07_at_12.26.41_PM.jpeg 89.6 KB
WhatsApp_Image_2026_08_07_at_12.26.44_PM.jpeg 114.14 KB
WhatsApp_Image_2026_08_07_at_12.27.03_PM.jpeg 107.26 KB
WhatsApp_Image_2026_08_07_at_12.27.33_PM.jpeg 137.56 KB
WhatsApp_Image_2026_08_07_at_12.27.35_PM.jpeg 128.62 KB
WhatsApp_Image_2026_08_07_at_12.27.36_PM.jpeg 136.49 KB
WhatsApp_Image_2026_08_07_at_12.27.41_PM.jpeg 146.79 KB

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-04-22 15:34:30

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया