Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शुक्रबार, आश्विन २, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

विपद् व्यवस्थापनका लागि बी–ग्रुप र Plan International Nepal, PRAYAS-2 द्वारा सहयोग प्राप्त सामग्री हस्तान्तरण

१ घण्टा अगाडी २०८३-०६-०२

WhatsApp_Image_2026_09_18_at_1.44.48_PM_(1).jpeg तस्बिर :

गुलरिया, बर्दिया, २०८३ असोज २ गते।

बर्दिया जिल्लामा विपद् व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउँदै विपद्जन्य घटनाको न्यूनीकरण तथा रोकथाममा सहयोग पुर्‍याउने उद्देश्यले भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), बाँकेPlan International Nepal, PRAYAS-2 को सहयोगमा प्राप्त विभिन्न विपद् व्यवस्थापन सामग्रीहरू जिल्ला प्रशासन कार्यालय, बर्दिया मार्फत जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।

प्राप्त सामग्रीहरूमा Reflective Safety Jacket १०० थान, High Visibility Jacket १०० थान, Head Lamp ६० थान, Rescue Knife २० थान, Safety Goggles १०० थान, Snake Identification Rods २० थान, Safety Gloves १०० थान, Water Proof Bag ५ थान, First Aid Box ३० थान, Fire Extinguisher ४० थान, Snake Catch Tools ५ थान, Under Water Light ३० थान र Sound System १ थान रहेका छन्।

विपद्को समयमा खोज, उद्धार, प्राथमिक उपचार, आगलागी नियन्त्रण, सर्पदंश तथा सर्प उद्धारलगायतका कार्यमा आवश्यक पर्ने सुरक्षा तथा उद्धार सामग्रीहरू उपलब्ध भएकाले जिल्लाको विपद् पूर्वतयारी, प्रतिकार्य तथा जोखिम न्यूनीकरणका कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ।

प्राप्त सामग्री बुझ्दै बर्दिया जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीप्रशासकीय अधिकृत एवम् विपद् सम्पर्क व्यक्ति श्री लोक प्रसाद ढकालले सहयोगका लागि भेरी वातावरणीय विशिष्टता समूह (बी–ग्रुप), बाँके तथा Plan International Nepal, PRAYAS-2 प्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो।

उहाँहरूले विपद् व्यवस्थापनको क्षेत्रमा उपलब्ध गराइएको सहयोगले जिल्लाको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै सहयोगी संस्था तथा संस्थाका प्रमुख, पदाधिकारी एवं सम्पूर्ण टिमप्रति धन्यवाद ज्ञापन गर्नुभयो।

साथै, आगामी दिनमा पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्षेत्रमा समन्वय, सहकार्य र साझेदारीलाई निरन्तरता दिँदै जिल्लाको विपद् व्यवस्थापन प्रणालीलाई थप सुदृढ बनाउन सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रतिकार्यका क्षेत्रमा सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, गैरसरकारी संस्था, विकास साझेदार तथा समुदायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।

पछिल्लो अपडेट गरिएको : 2083-06-02 15:16:39

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया