बर्दियामा पहिलो पटक हुलाक सेवामार्फत सेवाग्राहीको घर ठेगानामै राहदानी वितरण सुरु गरिएको
20 घण्टा अगाडी
2083-03-10
तस्बिर :
मिति २०८३/०३/१० गते
नेपाल सरकारको निर्णय बमोजिम राहदानी सेवाग्राहीलाई सहज, सरल र पहुँचयोग्य सेवा उपलब्ध गराउने उद्देश्यले हुलाक सेवामार्फत सेवाग्राहीको घर ठेगानामा राहदानी वितरण गर्ने व्यवस्था कार्यान्वयनमा आएको छ।
यसै क्रममा जिल्ला प्रशासन कार्यालय, बर्दियाबाट जारी भएका राहदानीमध्ये पहिलो पटक हुलाक सेवामार्फत सेवाग्राहीको घरमै राहदानी वितरण गरिएको छ। मिति २०८३/०३/१० गते जिल्ला हुलाक कार्यालय, बर्दियामार्फत बाँसगढी नगरपालिका वडा नं. ५, बाँसगढीका एक जना सेवाग्राही र बढैयाताल गाउँपालिका वडा नं. २, सितापुरका एक जना सेवाग्राहीलाई गरी जम्मा २ थान राहदानी सम्बन्धित सेवाग्राहीलाई बुझाइएको हो।
राहदानी लिनका लागि सेवाग्राहीले जिल्ला सदरमुकामसम्म पटक–पटक धाउनुपर्ने बाध्यता कम हुने, समय तथा खर्चको बचत हुने र सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो।
जिल्ला प्रशासन कार्यालय, बर्दियाले प्रविधिमैत्री तथा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी दिनमा समेत सेवाग्राहीको सहजता र पहुँच अभिवृद्धि हुने गरी सेवा सुधारका कार्यलाई निरन्तरता दिने जनाएको छ।
