Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय बर्दियाद्वारा बाँसगढीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

2 महिना अगाडी

2082-12-15


WhatsApp_Image_2026_03_29_at_8.28.52_PM_(1)(1).jpeg तस्बिर :

बर्दिया, २०८२ चैत १५ — जिल्ला प्रशासन कार्यालय बर्दियाको आयोजना तथा बाँसगढी नगरपालिकाको सहयोग र सहजीकरणमा बाँसगढी नगरपालिका भवनमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षता तथा बाँसगढी नगरपालिकाका नगर प्रमुख श्री खडक बहादुर खड्काको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन, विकास आयोजना कार्यान्वयनमा सहजीकरण तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष तथा सचिवहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संघका पदाधिकारीहरु, पत्रकार तथा सञ्चारकर्मीहरु, नागरिक समाजका अगुवाहरु तथा स्थानीय नागरिकहरुको उल्लेखनीय सहभागिता रहेको थियो।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सेवा प्रवाहमा देखिएका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायहरुको बारेमा आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। प्रस्तुत सुझावहरुलाई सम्बोधन गर्दै सरोकारवाला निकायहरुले सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यस किसिमका कार्यक्रमले जनताको गुनासो प्रत्यक्ष रुपमा सम्बोधन गर्न तथा सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .