Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

भादा नदीमा बाढीजन्य विपद् पूर्वतयारी सम्बन्धी घटना अभ्यास सम्पन्न

1 महिना अगाडी

2083-01-25


WhatsApp_Image_2026_05_07_at_5.39.51_PM.jpeg तस्बिर :

गुलरिया, २४ वैशाख २०८३
गुलरिया नगरपालिका वडा नं. ८ स्थित भादा नदी क्षेत्रमा बाढीजन्य विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले आज घटना अभ्यास (Simulation Exercise) कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा संभावित बाढीको अवस्थालाई मध्यनजर गर्दै उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, प्राथमिक उपचार, सूचना प्रवाह तथा समन्वयात्मक कार्यको अभ्यास गरिएको थियो। अभ्यासका क्रममा स्थानीय समुदाय, सुरक्षा निकाय, जनप्रतिनिधि तथा सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको थियो।

घटना अभ्यासमार्फत बाढी आउँदा अपनाउनुपर्ने सावधानी, आपतकालीन अवस्थामा गर्ने कार्य, उद्धार तथा राहत व्यवस्थापन सम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले जनाएको छ। यस किसिमका अभ्यासले विपद्को समयमा हुने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा स्थानीय बासिन्दालाई विपद् पूर्वतयारी, सचेतना तथा समुदायस्तरमा सहकार्यको आवश्यकता सम्बन्धमा जानकारी समेत गराइएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले आपतकालीन अवस्थाको सामना गर्न आत्मविश्वास र तयारी बढाउने बताएका छन्।

गुलरिया नगरपालिका तथा सम्बन्धित निकायहरूले आगामी दिनमा समेत विपद् जोखिम न्यूनीकरण तथा समुदायको सुरक्षा सुदृढीकरणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:35:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .