Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा बजार अनुगमन, म्याद नाघेका सामग्री नष्ट

1 महिना अगाडी

2083-01-30


WhatsApp_Image_2026_05_13_at_12.50.26_PM.jpeg तस्बिर :

बर्दिया, २०८३ वैशाख ३० — जिल्ला प्रशासन कार्यालय बर्दियाको नेतृत्वमा गुलरिया नगरपालिका, जिल्ला प्रहरी कार्यालय तथा उद्योग वाणिज्य संघ बर्दियाको संयुक्त अनुगमन टोलीबाट आज गुलरिया क्षेत्रका विभिन्न बजार तथा व्यवसायिक प्रतिष्ठानमा अनुगमन गरिएको छ।

उपभोक्ताको हित संरक्षण, बजार व्यवस्थापन तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गरिएको उक्त अनुगमनका क्रममा विभिन्न पसल तथा व्यवसायिक प्रतिष्ठानमा खाद्यान्न तथा उपभोग्य सामग्रीको म्याद, मूल्यसूची, सरसफाइ तथा विक्री वितरणको अवस्थाबारे निरीक्षण गरिएको थियो।

अनुगमनका क्रममा केही पसलहरूमा बिक्रीका लागि राखिएका म्याद नाघेका खाद्य तथा उपभोग्य सामग्री फेला परेकोले रु. १,९८०/- (एक हजार नौ सय असी रुपैयाँ) बराबरका सामग्री तत्काल नष्ट गरिएको छ।

संयुक्त अनुगमन टोलीले व्यवसायीहरूलाई उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था पालना गर्न, सबै सामग्रीमा स्पष्ट मूल्यसूची राख्न, म्याद नाघेका तथा गुणस्तरहीन सामग्री बिक्री वितरण नगर्न निर्देशन दिएको छ। साथै, बजारमा स्वस्थ प्रतिस्पर्धा कायम राख्दै उपभोक्ताको अधिकार सुनिश्चित गर्न यस्ता अनुगमनलाई निरन्तरता दिइने जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:35:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .