Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण

2081-03-25

2081-03-25


IMG_20240710_WA0009.jpg तस्बिर :

बर्दियाको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुस्लिम समुदायको कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको छ । प्रजिअ शर्माले गुलरिया नगरपालिका वडा नं। ८ सुरजपुरस्थित मुस्लिम समुदायको अन्त्यष्टि गर्ने ठाउँ कब्रिस्थानमा बृक्षारोपण गर्नुभएको हो । प्रजिअ शर्माले हरयाली बाताबरणका लागि हरेक स्थानमा विरुवा रोपेर बातावरणीय प्रर्दशणको न्युनीकरणमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले रोपिएका विरुवाको रेखदेख तथा स्यहार गर्दै यस क्षेत्रलाई हरियाली बनाउनु आग्रह गर्नुभयो । जय हरियाली अभियानको स्वच्छ वातावरण सहित गुलरियालाई हरियाली बनाउने अभियानमा जुटी सहयोग गर्न उहाँले आवहान गर्नुभयो । डिभिजन वन कार्यालय बर्दियाका डिभिजनल वन अधिकृत प्रविण विडारीले आफु बर्दिया रहुन्जेल कब्रिस्थान, मस्जिद, मदरसा लगायतका ठाउँहरुमा जय हरियाली अभियानलाई चहिने विरुवाहरु निशुल्क उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै आफु बर्दिया आएदेखि कब्रिस्थानमा गएर पहिलो पटक बृक्षारोपण गरेको बताउनुभयो । बृक्षारोपणमा जय हरियाली अभियानका संयोजक कमल राज पौडेल देवकमलले विभिन्न जातका १ सय ५० वटा विरुवा रोपण गरेको जानकारी गराउँदै सम्पूर्ण गुलरियावासीहरुलाई यस अभियानमा साथ र सहयोग गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा मुस्लिम समुदायका अगुवा अब्बास अली धोवीले मुस्लिम समुदायको नेतृत्व गर्दै प्रजिअ रुद्रादेवी शर्मा, डिभिजनल वन अधिकृत प्रविण विडारी र जय हरियाली अभियानका संयोजक कमल राज पौडेल देवकमल लगायतको टिम आएर कब्रिस्थानमा बृक्षारोपण गरेकोमा आफुहरुले आभार प्रकट गरेको बताउनुभयो ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .