1 महिना अगाडी
2081-10-11
मिति २०८१/१०/१०
जिल्ला प्रशासन कार्यालय वर्दिया र वाँसगढी नगरपालिकाको संयुक्त आयोजनामा बाल विवाह तथा लागू औषध रोकथाम तथा नियन्त्रण सम्वन्धमा सरोकारवालाहरुको भूमिका एवं प्रतिवद्धता सम्वन्धमा अन्तरकृया कार्यक्रम सम्पन्न भयो । वाँसगढी नगरपालिकाका नगरप्रमुख श्री खडक वहादुर खड्काको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी श्री रुद्रादेवी शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, सुरक्षा निकायका प्रमुखहरु, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, विद्यालयका प्रधानध्यापक एव् शिक्षकहरु, विभिन्न संजाल, सहकारी, उद्योग वाणिज्य संघ, संघ संस्थाका प्रतिनिधिहरु, भूपु सुरक्षाकर्मीहरु, पत्रकारहरु एवं आम नागरिकको बृहत् सहभागिता रहेको थियो । कार्यक्रममा वालविवाहको अन्त र लागू औषध रोकथाम तथा नियन्त्रण गर्न सामुहिक प्रतिवद्घता समेत जनाईएको थियो ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिवाट संचालन गरिएको अभियानमुलक कार्यक्रममा सहकार्य गरी वृहत सहभागिता र प्रतिवद्घताको लागि नगरप्रमुख, वडा अध्यक्षहरु तथा सम्पूर्णमा हार्दिक धन्यवाद ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers