संस्थागत विद्यालयको शुल्क तथा भर्ना प्रक्रियासम्बन्धी विषयमा छलफल तथा आवश्यक निर्णय
2 महिना अगाडी
2082-12-30
तस्बिर :
मिति २०८२ साल चैत्र ३० गतेका दिन जिल्ला प्रशासन कार्यालय, बर्दियामा प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको अध्यक्षतामा संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड, २०७२ तथा प्रचलित कानुन विपरीत केही संस्थागत विद्यालयहरूले शैक्षिक सत्र प्रारम्भ हुनु पूर्व नै विद्यार्थी भर्ना गर्ने तथा शुल्क असुल गर्ने कार्य निरन्तर भइरहेको भन्ने गुनासो प्राप्त भएको सन्दर्भमा उक्त विषयमा छलफल तथा आवश्यक निर्णय भएको। उक्त छलफलमा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख, स्थानीय तहका शिक्षा शाखा प्रमुखहरू, नेशनल प्याप्सन नेपाल बर्दियाका प्रतिनिधिहरू, नन-प्याप्सन बर्दियाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
