Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, असार १०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया कारागारमा “AI X-Ray विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल” शिविर

2 महिना अगाडी

2083-01-11


WhatsApp_Image_2026_04_24_at_12.14.51_PM_(1).jpeg तस्बिर :

बर्दिया कारागारमा “AI X-Ray विधिद्वारा क्षयरोगको सक्रिय खोजपड्ताल” शिविर स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेश सरकारको आयोजनामा मिति 2083/01/11 र 12 गते शुरु भइरहेको छ। उक्त कार्यक्रमको प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालबाट उद्घाटन गरिएको थियो। दुई दिनसम्म सञ्चालन हुने यस शिविरमा कारागारभित्र रहेका कैदीबन्दीहरूको स्वास्थ्य अवस्था परीक्षण गरी विशेषगरी क्षयरोग (टीबी) को प्रारम्भिक चरणमै पहिचान गर्ने प्रयास गरिएको थियो। AI X-Ray प्रविधिको प्रयोगले छातीको एक्स–रे विश्लेषण गरी क्षयरोगको सम्भावित जोखिम छिटो र सटीक रूपमा पत्ता लगाउन सहयोग पुर्‍याएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। कार्यक्रममा सहभागी चिकित्सकहरूका अनुसार, कारागारजस्ता भीडभाडयुक्त स्थानहरूमा क्षयरोग फैलिने जोखिम बढी हुने भएकाले यस्तो प्रविधिमैत्री सक्रिय खोजपड्ताल अत्यन्तै आवश्यक छ। उद्घाटन समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी हमालले बन्दीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनु राज्यको दायित्व भएको उल्लेख गर्दै, यस्ता कार्यक्रमहरूले रोग नियन्त्रण र समयमै उपचार सुनिश्चित गर्न महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमले कारागारभित्र स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै, प्रविधिको प्रयोगमार्फत रोग पहिचानलाई अझ प्रभावकारी बनाउने दिशामा सकारात्मक सन्देश दिएको आयोजकले जनाएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-09 16:35:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .