बढैयाताल गाउँपालिका अन्तर्गतका मासु पसल तथा किराना पसलहरुमा अनुगमन
2081-12-22
2081-12-22
तस्बिर :
मिति २०८१।१२।२१ गते सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एकीकृत कृषि तथा पशुपक्षीं कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, बढैयाताल गाउँपालिका, स्थानीय प्रहरी, पत्रकार महासंघ, संचारकर्मी र बर्दिया कुखुरा पालन व्यवसायी संघका प्रतिनिधि सहितको संयुक्त अनुगमन टोलीले बढैयाताल गाउँपालिकाका कालिका, कण्ठपुर, सितला बजार, पचासा क्षेत्र अन्तर्गतका १० वटा (मासु पसल, किराना पसल, फेस हाउस) हरुको अनुगमनका क्रममा कानून विपरित संचालित ५ वटा फ्रेस हाउस तथा मासु पसलहरुलाई जम्मा रु. ४०,०००।–(अक्षरुपी रु. चालिस हजार) जरिवाना गरी बिल विजक राख्न, फम दर्ता तथा नविकरण गर्न र फ्रेस हाउसको सरसफाईमा विशेष ध्यान दिने लगायतको निर्देशन दिइएको ।
