बर्दियामा युवालक्षित सचेतना कार्यक्रम सम्पन्न
तस्बिर :
गुलरिया, बर्दिया — आज मिति २०८३ असोज २९ गते बिहीबार, नेपाल संवत् ११४६ कौलाथ्व ५ का दिन जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी श्री गोगनबहादुर हमालको अध्यक्षतामा युवालक्षित सचेतना कार्यक्रम सम्पन्न भएको छ।
बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ५ स्थित श्री बागेश्वरी बोर्डिङ स्कुल, गुलरियामा आयोजित उक्त कार्यक्रममा विद्यालय, क्याम्पस तथा युवा क्लबमा आबद्ध युवाहरूलाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा सम्बन्धित क्षेत्रका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो। युवाहरूमा सचेतना अभिवृद्धि गर्ने तथा उनीहरूलाई सामाजिक रूपमा जिम्मेवार, जागरूक र सकारात्मक भूमिकामा सक्रिय हुन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
