Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शनिबार, आश्विन ३१, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय, बर्दियाका कर्मचारीहरूद्वारा विदाई तथा फेरि भेटौँला कार्यक्रम आयोजना

१ दिन अगाडी २०८३-०६-२९

WhatsApp_Image_2026_10_15_at_3.17.56_PM_(1).jpeg तस्बिर :

**गुलरिया, बर्दिया ।** मिति २०८३ साल असोज २९ गते सरुवा भई जान लाग्नुभएका बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीलाई जिल्ला प्रशासन कार्यालय, बर्दियाका कर्मचारीहरूद्वारा विदाई तथा फेरि भेटौँला कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ।

कार्यक्रममा कार्यालयमा कार्यरत कर्मचारीहरूले सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीको कार्यकालमा उहाँले निर्वाह गर्नुभएको जिम्मेवारी, कार्यसम्पादन तथा कार्यालयको कार्यप्रणालीमा पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आगामी कार्यकालको सफलताको कामना व्यक्त गर्नुभयो।

निजामती सेवामा सरुवा एक नियमित प्रक्रिया भए पनि सहकर्मीसँगको सहकार्य, आत्मीयता र व्यावसायिक सम्बन्ध सदैव स्मरणीय रहने विचार व्यक्त गर्दै सहभागीहरूले उहाँको आगामी कार्यजीवन सुखद, सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमले कर्मचारीहरूबीच आपसी सद्भाव, सहकार्य र आत्मीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सरुवा भई जान लाग्नुभएका सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीप्रति सम्मान र शुभेच्छा व्यक्त गर्ने अवसर प्रदान गरेको थियो।

जिल्ला प्रशासन कार्यालय, बर्दिया उहाँको आगामी कार्यकालको सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-30 17:35:36

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया