Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शुक्रबार, कार्तिक २०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

रसुवा भोटेकोशी बाढीमा बेपत्ता बर्दियाका ७४ जनाको विवरण स्थानीय तहबाट प्रमाणिकरण भई प्राप्तभएकाहरुको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट सिफारिसः

६ घण्टा अगाडी २०८३-०७-२०

860388517_1130714052988172_2488774564401338667_n.jpeg तस्बिर :

गुलरिया, बर्दिया । जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, बर्दियाको बैठकले रसुवा भोटेकोशी बाढीमा बेपत्ता भएका बर्दिया जिल्लाका स्थायी बासिन्दामध्ये ७४ जनाको नामावली तथा विवरण प्रमाणीकरणका लागि सिफारिस गरेको छ। मिति २०८३/०७/२० गते जिल्ला प्रशासन कार्यालय बर्दियामा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकमा 'बर्दिया जिल्ला स्थायी ठेगाना भई रसुवा भोटेकोशी बाढीमा बेपत्ता व्यक्तिको आधिकारिक विवरण यकिन गर्ने प्रक्रिया, २०८३' बमोजिम सञ्चालन गरिएको विवरण संकलन तथा प्रमाणीकरण प्रक्रियाको समीक्षा गर्दै उक्त नामावली सिफारिस गरिएको हो।

निर्धारित प्रक्रियाअनुसार बेपत्ता व्यक्तिका नजिकका हकदारहरूले तोकिएको ढाँचामा आवश्यक कागजात तथा स्वघोषणासहित सम्बन्धित वडा कार्यालयमा निवेदन पेस गर्न वडा कार्यालयबाट ५ (पाँच) दिनको सूचना प्रकाशन गरिएको थियो। सो अवधिमा प्राप्त निवेदन तथा कागजातहरू सम्बन्धित स्थानीय तहमा सिफारिससहित पठाइएको थियो।

त्यसपछि सम्बन्धित स्थानीय तहबाट पुनः ३ (तीन) दिनको दाबी-विरोधसम्बन्धी सूचना प्रकाशन गरी प्राप्त विवरण तथा कागजातमाथि आवश्यक जाँचबुझ गरिएको थियो। स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकबाट प्रमाणिकरण भई जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा प्राप्त विवरणअनुसार ८ वटै स्थानीय तहबाट जम्मा ७४ जनाको नामावली तथा विवरण सिफारिस भएको हो।

सिफारिस गरिएका बेपत्ता व्यक्तिहरूको स्थानीय तहगत विवरण देहायबमोजिम रहेको छः

१. गुलरिया नगरपालिका – २ जना

२. गेरुवा गाउँपालिका – १४ जना

३. ठाकुरबाबा नगरपालिका – १० जना

४. बढैयाताल गाउँपालिका – ३ जना

५. बाँसगढी नगरपालिका – ७ जना

६. बारबर्दिया नगरपालिका – २५ जना

७. मधुवन नगरपालिका – २ जना

८. राजापुर नगरपालिका – ११ जना

जम्मा – ७४ जना।

यसरी वडा कार्यालयबाट सूचना प्रकाशन, निवेदन संकलन, स्थानीय तहबाट दाबी-विरोधको सूचना प्रकाशन तथा स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट प्रमाणिकरण गरी विवरण सिफारिस गर्ने प्रक्रिया पूरा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियाले सम्बन्धित सबै निकाय तथा सरोकारवालाहरूको समन्वय र सहकार्यमा बेपत्ता व्यक्तिहरूको विवरण यकिन गर्ने कार्यलाई निर्धारित प्रक्रियाअनुसार अघि बढाएको छ। यस प्रक्रियाले प्राप्त विवरणको विश्वसनीयता, पारदर्शिता र आधिकारिकता सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-07-20 21:34:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया