बर्दिया जिल्लामा सार्वजनिक खरिदमा संलग्न श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी व्यवस्था कार्यान्वयन गरिनेः
मिति २०८३ मंसिर ९ गते निमित्त प्रमुख जिल्ला अधिकारी श्री राम दत्त भट्टको अध्यक्षतामा बसेको दररेट निर्धारण समितिको बैठकले सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १४८ को उपनियम (१) बमोजिम आर्थिक वर्ष २०८३/८४ का लागि स्वीकृत जिल्ला दररेटमा प्रथम संशोधन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयबाट प्राप्त सार्वजनिक खरिदमा आवद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ तथा प्रचलित कानुनबमोजिम सार्वजनिक खरिदमा आवद्ध श्रमिकहरूको पारिश्रमिक कायम गरी संशोधित दररेट लागू गरिनेछ।
संशोधित जिल्ला दररेट हेर्नका लागि यस लिङ्कबाट हेर्नुहुन । https://daobardiya.moha.gov.np/post/aa-va-ka-l-ga-sa-va-ka-ta-bra-tha-ya-ja-l-l-ka-ja-l-l-tharara-ta-3?fbclid=IwY2xjawVzmVdleHRuA2FlbQIxMQBwZG9mAXNydGMGYXBwX2lkEDIyMjAzOTE3ODgyMDA4OTIAAR-2_4YAsv__Uzs1WzYw-avzFbr9xu4kGfiFxvWI3I5Tm1G5tE9S1ZsXHFCz1A_aem_RK25W6R37rDiQZKi_s10Gg
