बर्दिया जिल्लामा मतदान स्थल तथा मतदान केन्द्रको सिफारिस प्रकृया अगाडि बढाउने
तस्बिर :
**बर्दिया, २०८३ मंसिर ३।** बर्दिया जिल्लामा रहेका मतदानस्थल तथा मतदान केन्द्रहरूको विद्यमान अवस्था अध्ययन, विश्लेषण तथा आवश्यक पुनरावलोकन गर्ने प्रक्रिया अघि बढाइने भएको छ।
निमित्त प्रमुख जिल्ला अधिकारी एवं जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिका संयोजक श्री राम दत्त भट्टको संयोजकत्वमा बिहीबार बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समिति, बर्दियाको प्रथम बैठकले जिल्लाभित्रका मतदानस्थल तथा मतदान केन्द्रहरूको भौतिक पूर्वाधार, भौगोलिक अवस्थिति, मतदातालाई पर्ने सहजता तथा अन्य सान्दर्भिक पक्षहरूको अध्ययन गरी आवश्यकतानुसार पुनरावलोकन गर्ने निर्णय गरेको हो। बैठकले जिल्लाका सबै वडामा रहेका मतदानस्थल तथा मतदान केन्द्रहरूको अवस्था अध्ययन तथा पुनरावलोकनका लागि वडा अध्यक्षको संयोजकत्वमा गठित वडा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण समितिहरूलाई सक्रिय रूपमा परिचालन गर्ने निर्णय समेत गरेको छ। सो क्रममा विद्यमान मतदानस्थल तथा मतदान केन्द्र यथावत् राख्नुपर्ने, थपघट गर्नुपर्ने, विवरणमा रहेका त्रुटि सच्याउनुपर्ने वा स्थानान्तरण गर्नुपर्ने अवस्थाको पहिचान गरी स्पष्ट आधार र कारणसहित आधिकारिक सिफारिस गर्न सम्बन्धित समितिहरूलाई अनुरोध गरेको छ। यसरी वडा समितिहरूबाट तयार गरिएका सिफारिस तथा आवश्यक विवरण सम्बन्धित वडा कार्यालय मार्फत जिल्ला निर्वाचन कार्यालय, बर्दियामा र कार्यालयले वडा समितिहरूबाट प्राप्त सिफारिस तथा विवरणहरू संकलन, अभिलेखीकरण र प्रारम्भिक अध्ययन गरी आगामी बैठकमा पेश गर्नेछ। त्यसपछि प्राप्त विवरणमाथि प्रचलित कानुनी व्यवस्था, निर्वाचन आयोगबाट जारी निर्देशन तथा निर्धारित मापदण्डका आधारमा विस्तृत छलफल गरी आवश्यक निर्णयसहित निर्वाचन आयोगमा सिफारिस गरिनेछ।
