प्रहरी उपरीक्षक सरोज पौडेललाई जिल्ला सुरक्षा समिति तथा कर्मचारी मिलन केन्द्रद्वारा बिदाइ तथा सम्मान सहित फेरि भेटौला कार्यक्रम सम्पन्न ।
तस्बिर :
गुलरिया, बर्दिया । २०८३ मंसिर ११ गते
बर्दिया जिल्लाका नि.प्रमुख जिल्ला अधिकारी अध्यक्षतामा आयोजना गरि जिल्ला प्रहरी कार्यालय, बर्दियाका कार्यालय प्रमुख तथा जिल्ला सुरक्षा समितिका सदस्य प्रहरी उपरीक्षक श्री सरोज पौडेललाई जिल्ला सुरक्षा समिति तथा कर्मचारी मिलन केन्द्र, बर्दियाको संयुक्त आयोजनामा बिदाइ तथा सम्मान कार्यक्रम गरी हार्दिक बिदाइ एवम् फेरि भेटौला कार्यक्रम गरिएको छ।
मिति २०८२ साल श्रावण ३० गतेदेखि हालसम्म जिल्ला प्रहरी कार्यालय, बर्दियाको कार्यालय प्रमुख तथा जिल्ला सुरक्षा समितिको सदस्यका रूपमा कार्यरत रहँदै जिल्लाको शान्ति सुव्यवस्था कायम गर्ने, अपराध नियन्त्रण तथा रोकथाम गर्ने, सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउने कार्यमा उहाँले पुर्याउनु भएको महत्वपूर्ण योगदानको उच्च मूल्याङ्कन जिल्ला सुरक्षा समिति तथा कर्मचारी मिलन केन्द्रको तर्फबाट हार्दिक धन्यवाद सहित सम्मान व्यक्त गरिएको थियो।
यस अवसरमा उहाँको आगामी कार्यक्षेत्र तथा जिम्मेवारीमा हालसम्म हासिल गर्नुभएको ज्ञान, अनुभव, व्यावसायिक दक्षता र कार्यकुशलताको उच्चतम उपयोग गर्दै थप सफलता प्राप्त गर्न सक्नुहोस् भन्ने कामना सहित सुस्वास्थ्य, दीर्घायु तथा सफल, सुखद र उज्ज्वल व्यावसायिक जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै बिदाइ गरिएको थियो।
कार्यक्रममा सहभागी पदाधिकारी तथा कर्मचारीहरूले प्रहरी उपरीक्षक पौडेलसँगको कार्यगत सहकार्य, समन्वय र आपसी सम्बन्धको स्मरण गर्दै उहाँको आगामी कार्यकाल थप सफल र उपलब्धिमूलक रहोस् भन्ने कामनासमेत व्यक्त गरेका थिए।
