Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, कार्तिक १९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बारबर्दियाको जयनगर बजारमा संयुक्त बजार अनुगमन, अखाद्य वस्तु नष्टः

८ घण्टा अगाडी २०८३-०७-१९

887750947_1902801477565424_6377347582025356027_n.jpeg तस्बिर :

बर्दिया, २०८३ कात्तिक १८ गते। बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका–स्थित जयनगर बजारमा जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा संयुक्त बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बारबर्दिया नगरपालिका, स्थानीय प्रहरी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ तथा राष्ट्रिय उपभोक्ता मञ्चलगायतका निकाय तथा संस्थाहरूको सहभागितामा बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा बजारमा सञ्चालित किराना पसल, दूध डेरी, मासु पसल, मिठाई पसल तथा फलफूल पसलहरूको निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त अवस्थामा रहेका ढुसी लागेको करिब ८ किलोग्राम दूधको तर तथा कागतीको चुकजस्तो देखिने कालो तरल पदार्थ १० बोतल नष्ट गरिएको छ।

त्यसैगरी, मिठाई पसलहरूको अनुगमनका क्रममा मिठाईमा उत्पादन तथा उपभोगयोग्य मिति स्पष्ट रूपमा उल्लेख गर्ने, प्रयोग गरिएका खाद्य सामग्री तथा मिश्रणको नाम खुलाउने, मूल्यसूची तथा मूल्यको विवरण उपभोक्ताले सहजै देख्ने गरी राख्ने र पसल तथा खाद्य सामग्रीको सरसफाइमा विशेष ध्यान दिने विषयमा व्यवसायीहरूलाई आवश्यक निर्देशन दिइएको छ।

अनुगमनका क्रममा व्यवसायीहरूलाई प्रचलित खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड, उपभोक्ता हित संरक्षण र व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रावधानहरूको पालना गर्दै स्वच्छ, गुणस्तरीय तथा सुरक्षित खाद्यवस्तु बिक्री वितरण गर्न आग्रह गरिएको छ।

बजारमा हुने अनुचित व्यापारिक गतिविधि नियन्त्रण, उपभोक्ताको स्वास्थ्य तथा अधिकार संरक्षण र स्वच्छ एवं गुणस्तरीय वस्तु तथा सेवाको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले संयुक्त बजार अनुगमनलाई निरन्तरता दिइने जनाइएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-07-19 11:04:59

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया