Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शुक्रबार, कार्तिक २०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बढैयाताल गाउँपालिकामा बजार अनुगमन, म्याद गुज्रिएका तथा अस्वच्छ खाद्यवस्तु नष्ट:

१३ घण्टा अगाडी २०८३-०७-२०

885659826_1089623697234161_1872835575789625681_n.jpeg तस्बिर :

बर्दिया, २०८३ कात्तिक १९ गते। बर्दियाको बढैयाताल गाउँपालिकाभित्र सञ्चालित मिठाइ पसल, किराना पसल, मासु पसल तथा नास्ता पसलहरूमा संयुक्त बजार अनुगमन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाको समन्वयमा बढैयाताल गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, स्थानीय प्रहरी, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, राष्ट्रिय उपभोक्ता मञ्च तथा बजार व्यवस्थापन समितिका प्रतिनिधिहरू सम्मिलित संयुक्त अनुगमन टोलीले बजार क्षेत्रका विभिन्न ११ वटा पसल तथा व्यवसायको नमुनाका रूपमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा बेकरी तथा केकमा प्रयोग हुने म्याद नाघेको फ्लेवर एक डब्बा तथा झिँगा र लामखुट्टे परेको रसबरी र समोसा एक ट्रे फेला परेकोले उपभोगका लागि अनुपयुक्त ठहर गर्दै करिब रु. १,००० बराबरका उक्त खाद्यवस्तु नष्ट गरिएको छ।

त्यसैगरी, अनुगमनका क्रममा तीन वटा पसल तथा व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइएकोले प्रचलित कानुनबमोजिम सम्बन्धित निकायमा व्यवसाय दर्ता गरी सञ्चालन गर्न निर्देशन दिइएको छ।

अनुगमन टोलीले मिठाइ तथा अन्य खाद्यवस्तुमा अनिवार्य रूपमा उत्पादन मिति, उपभोग्य मिति लगायत आवश्यक विवरणसहितको लेबल राख्न, खाद्यवस्तुको गुणस्तर कायम गर्न तथा पसल परिसर र खाद्यवस्तु तयार गर्ने स्थानमा विशेष सरसफाइमा ध्यान दिन व्यवसायीहरूलाई निर्देशन दिएको छ।

उपभोक्ताको स्वास्थ्य तथा अधिकारको संरक्षण, बजारमा स्वच्छता र गुणस्तरीय खाद्यवस्तुको उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले बजार अनुगमन गरिएको हो। साथै, व्यवसायीहरूलाई प्रचलित कानुन, मापदण्ड तथा उपभोक्ता हितसम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्दै जिम्मेवार र मर्यादित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय, बर्दियाले आगामी दिनमा पनि स्थानीय तह तथा सम्बन्धित सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-07-20 21:34:00

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया