Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बुधबार, मंसिर ९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

बर्दिया कारागारको अनुगमन तथा निरीक्षण सम्पन्न

२२ घण्टा अगाडी २०८३-०८-०८

WhatsApp_Image_2026_11_24_at_12.21.41_PM.jpeg तस्बिर :

मिति २०८३ साल मंसिर ८ गते निमित्त प्रमुख जिल्ला अधिकारी श्री राम दत्त भट्टज्यूबाट बर्दिया कारागारको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ।

अनुगमन तथा निरीक्षणका क्रममा कारागारको समग्र शान्ति सुरक्षा अवस्था, कैदीबन्दीहरूको सुरक्षा तथा व्यवस्थापन, कारागारको आन्तरिक प्रशासनिक अवस्था र यसअघि प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला सुरक्षा समितिबाट विभिन्न समयमा दिइएका निर्देशन तथा सुझावहरूको कार्यान्वयन अवस्थाबारे जानकारी लिई निरीक्षण गरिएको थियो।

निरीक्षणका क्रममा कारागारको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, कैदीबन्दीहरूको मानवोचित व्यवहार, स्वास्थ्य, सरसफाइ तथा आधारभूत सुविधामा विशेष ध्यान दिने, कारागारको आन्तरिक व्यवस्थापनलाई व्यवस्थित र मर्यादित बनाउने तथा यसअघि दिइएका निर्देशनहरूको पूर्ण कार्यान्वयन गर्ने विषयमा आवश्यक निर्देशन तथा सुझाव प्रदान गर्नुभएको थियो।

साथै, कारागारको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सम्भावित सुरक्षा चुनौतीहरूको पहिचान तथा न्यूनीकरण, सुरक्षा सतर्कता अभिवृद्धि र सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय कायम गरी जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्नसमेत निर्देशन दिनुभएको थियो।

निमित्त प्रमुख जिल्ला अधिकारीज्यूले कारागारको सुरक्षा, व्यवस्थापन र सुधारका कार्यलाई निरन्तरता दिँदै प्रचलित कानुन तथा सम्बन्धित निकायबाट प्राप्त निर्देशनहरूको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ।

जिल्ला प्रशासन कार्यालय, बर्दिया

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-08-09 16:21:10

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया