सुरक्षा समिति र कर्मचारी मिलने केन्द्रको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीलाई विदाई तथा फेरि भेटौँला कार्यक्रम सम्पन्न
तस्बिर :
**गुलरिया, बर्दिया ।** मिति २०८३ साल असोज २९ गते बर्दिया जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी श्री अशोक कुमार भण्डारीको सरुवा भई जान लाग्नुभएको अवसरमा जिल्ला सुरक्षा समिति तथा कर्मचारी मिलन केन्द्रको आयोजनामा विदाई तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका कर्मचारीलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बर्दिया जिल्लामा कार्यरत रहँदा निर्वाह गर्नुभएको जिम्मेवारी, उहाँको कार्यसम्पादन तथा सहकार्यको स्मरण गर्दै आगामी कार्यक्षेत्रमा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।
बर्दिया जिल्लामा कार्यरत रहँदा उहाँले सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा कायम गर्ने कार्य तथा जिल्लास्थित विभिन्न निकायबीचको समन्वय र सहकार्यमा पुर्याउनुभएको योगदानको प्रशंसा गर्दै सहभागीहरूले उहाँको आगामी कार्यकाल थप सफल, उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा आपसी सद्भाव, सहकार्य र आत्मीय सम्बन्धलाई निरन्तर कायम राख्ने प्रतिबद्धतासहित उहाँको आगामी कार्यक्षेत्रको सफलताको कामना गर्दै विदाई तथा ‘फेरि भेटौँला’ कार्यक्रम समापन गरिएको थियो।
