Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

सदाचार र सुशासनका लागि चेतनामूलक कार्यक्रम सम्पन्न

2 महिना अगाडी

2082-12-30


668774446_4420780438198011_3745940039146768757_n.jpg तस्बिर :

सदाचार र सुशासनका लागि चेतनामूलक कार्यक्रम सम्पन्न

बर्दिया, ३० चैत २०८२

राष्ट्रिय सतर्कता केन्द्रको आयोजना तथा जिल्ला प्रशासन कार्यालय बर्दियाको समन्वय एवं सहजीकरणमा “सदाचार र सुशासनका लागि सतर्कता” भन्ने नारासहित सदाचार शिक्षा तथा चेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला प्रशासन कार्यालय बर्दियामा आयोजित उक्त कार्यक्रम प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला समन्वय समितिका प्रमुख श्री सुर्य बहादुर विष्ट प्रमुख आतिथ्यमा उपस्थित रहनु भएको थियो।

कार्यक्रममा राष्ट्रिय सतर्कता केन्द्रबाट आउनु भएका उपसचिव सहितको टोली, जिल्लाका स्थानीय तहका उपप्रमुखहरू, प्रमुख प्रशासकीय अधिकृतहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, साथै नेपाल पत्रकार महासंघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सार्वजनिक प्रशासनमा पारदर्शिता, जवाफदेहिता र सदाचार प्रवर्द्धनका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले सुशासन प्रवर्द्धनका लागि सतर्कता, नैतिकता र जिम्मेवारीपूर्ण व्यवहारको आवश्यकता औंल्याएका थिए।

यस प्रकारका कार्यक्रमहरूले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .