7 महिना अगाडी
2082-06-09
तस्बिर :
मिति २०८२/०६/०९ गते जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एवम् निरीक्षण अधिकृत श्री विमल गुरुङको नेतृत्वमा बढैयाताल गाउँपालिका अन्तर्गतका बजारहरुमा अनुगमन गरी अनुगमनका क्रममा देखिएका कैफियतहरुलाई सुधार गर्न आवश्यक निर्देशन दिनुभएको। अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामग्रीहरुलाई जलाई नष्ट गरिएको। उक्त अनुगमनमा बढैयाताल गाउँपालिका, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, जिल्ला प्रहरी कार्यालय, बढैयाताल उद्योग वाणिज्य संघ लगायतको सहभागिता रहेको।