Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, आश्विन २९, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

८ घण्टा अगाडी २०८३-०६-२८

WhatsApp_Image_2026_10_14_at_7.58.47_PM.jpeg तस्बिर :

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न

गुलरिया, बर्दिया । मिति २०८३ असोज २८ गते बुधबारका दिन बर्दियाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री गोगन बहादुर हमालको अध्यक्षतामा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति, बर्दियाको बैठक सम्पन्न भएको छ।

“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” को दफा १६ को उपदफा (१) बमोजिम बसेको उक्त बैठकमा सम्बन्धित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा रसुवा बाढीका क्रममा बर्दिया जिल्लामा स्थायी ठेगाना भएका बेपत्ता नागरिकहरूको विवरण यकिन गर्ने, मनसुनजन्य विपद्बाट क्षति भएका भौतिक संरचना तथा सम्पत्तिको पुनर्निर्माण र मर्मतसम्भारका लागि आवश्यक बजेट व्यवस्थापन गर्न सम्बन्धित तालुक निकायमा विवरण पठाउने तथा मनसुनजन्य विपद्बाट क्षति भएको धानबालीको विवरण सङ्कलन गर्ने विषयमा छलफल भएको थियो।

त्यसैगरी, नजिकिँदै गरेका चाडपर्वका समयमा सरकारी सवारीसाधनको व्यक्तिगत प्रयोजनका लागि दुरुपयोग हुन नदिन आवश्यक सतर्कता अपनाउने, कार्यालयका विद्युतीय उपकरण तथा सामग्री प्रयोगपछि अनिवार्य रूपमा बन्द गर्ने र कार्यालयको सुरक्षा व्यवस्था प्रभावकारी बनाउनेलगायतका विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिएको छ।

बैठकले विपद्बाट प्रभावित नागरिकहरूको अवस्था यकिन गर्ने, क्षतिग्रस्त संरचना तथा कृषि उपजको क्षतिको विवरण व्यवस्थित रूपमा सङ्कलन गर्ने र सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी पुनर्निर्माण तथा मर्मतसम्भारका लागि बजेट व्यवस्थापन प्रक्रिया अघि बढाउने विषयलाई प्राथमिकतामा राखेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, प्रभावित नागरिकको विवरण सङ्कलन तथा अद्यावधिक, सार्वजनिक सम्पत्तिको संरक्षण र कार्यालयको सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आवश्यक समन्वय र सहकार्यका साथ कार्यसम्पादन गर्न जोड दिएको छ।

समाचार


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-06-28 20:25:55

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया