1 |
लाग्ने समय |
प्रमाण पुगेकोमा पेश भएकै दिन । |
शुल्क |
नयाँ नागरिकताको लागि रु. १० को टिकट ।
प्रतिलिपी नागरिकताको लागि रु. १३ को टिकट । |
जिम्मेवार कर्मचारी/शाखा |
निराजन शर्मा
-
नागरिकता तथा प्रतिलिपी शाखा कोठा नं. १६
(कोठा नं - 16)
|
गुनासो सुन्ने कर्मचारी |
बन्धु प्रसाद बास्ताेला
|
|
(क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः-
१)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
(ख) वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र महिलाका लागिः-
१) फोटो समेत प्रमाणित गरिएको अनुसूची–७ फाराम
२) विवाह दर्ता प्रमाण र सपथ पत्र
३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण तथा हुलाक रसिद ।
४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र ।
५) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
६) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
(ग) ना.प्र.प.को प्रतिलिपीः-
१) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने)
२) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत,
४)अन्य जिल्लावाट विवाह÷बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख
५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने ।
६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने ।
८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
|
कोठा नं. १६ बाट कार्य सम्पन्न हुने ।
प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।
|
गृह मन्त्रालय
,
जिल्ला प्रशासन कार्यालय, स्याङ्जा
,
जिल्ला प्रशासन कार्यालय, बर्दिया
,
जिल्ला प्रशासन कार्यालय, बैतडी
,
जिल्ला प्रशासन कार्यालय, कालीकोट
,
जिल्ला प्रशासन कार्यालय, चितवन
,
जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोक
|
|
2 |
लाग्ने समय |
राहदानीको हकमाः- राहदानी विभागबाट राहदानी बनी प्राप्त भए पछि ।
नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन । |
शुल्क |
जिल्लाबाट राहदानीको लागि रु. ५,०००।– , हराएको, च्यातिएको, केरमेट भइ पुनः वनाउदा रु. १०,०००।– (तर विपदमा परी नष्ट भएको भए प्रहरी मुचुल्का ल्याएमा रु ५,०००।–)
राहदानी बनेर आइसकेपछि व्यक्तिगत त्रुटी भएमा रु. ५०००।-
राहदानी बनेको एक बर्षसम्म कार्यालयको तर्फबाट त्रुटी भएः निशुल्क तर एक बर्ष पछि रु. ५०००।- |
जिम्मेवार कर्मचारी/शाखा |
नरराज पाण्डे
-
राहदानी शाखा कोठा नं. १७
(कोठा नं - 17)
|
गुनासो सुन्ने कर्मचारी |
बन्धु प्रसाद बास्ताेला
|
|
१) फोटो टाँसी आवेदकले सही गरेको राहदानी आवेदन फाराम (तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ३ प्रति ।
२) नेपाली ना.प्र.पत्रको छायाप्रति १ प्रति र फोटो (फोटो तोकिएको मापदण्ड बमोजिमको हुनुपर्ने) ४ प्रति ।
३) नावालकको हकमा नावालक परिचय पत्र १ प्रति, अभिभावकसंगको नाता प्रमाणित ।
४) १० बर्ष उमेर नपुगेकालाई रु. २५००।- र ५ बर्षको लागि मात्र राहदानी जारी गर्न सकिने ।
५) महिलाको हकमा संरक्षक र संरक्षकको ना.प्र.पत्रको छायाप्रति ।
६) अन्य जिल्लावाट जारी भएका नागरिकताका हकमा सम्वन्धित जिल्लावाटै अभिलेख माग गरी प्रक्रिया अगाडी बढाउन सकिने ।
७) दु्त सेवाका लागि नागरिकताको अभिलेख प्रमाणित हुने ।
८) नेपालबाट MRP एक पटक बनाइसके पछि पुन सिफारिस गर्न नपर्ने तर विदेश नियोगबाट MRP बनाएमा पुनः सिफारिस गर्ने ।
नाबालक परिचय पत्रको हकमाः
१) संरक्षक व्यतिmको निवेदन र नाता प्रमाणितको प्रतिलिपी ।
२) बाबुआमाको ना.प्र.प. र नाता प्रमाणितको फोटोकपी
३) गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
४) जन्म मिति खुल्ने प्रमाण पत्र ।
५) आवश्यक परेमा वसाई सराई, आदि ।
६) विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र ।
७) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
८) धर्मपुत्र/धर्मपुत्री द्धारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प.
|
कोठा नं. १७ बाट कार्य सम्पन्न हुने ।
नेपाली नागरिकता लगायतका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।
|
जिल्ला प्रशासन कार्यालय, बर्दिया
,
ईलाका प्रशासन कार्यालय चैनपुर,संखुवासभा
,
जिल्ला प्रशासन कार्यालय, बैतडी
|
|
3 |
लाग्ने समय |
प्रमाण पुगेमा पेश भएकै दिन |
शुल्क |
निवेदनमा रु. १०।– को टिकट र मुद्दाको मिसिल नक्कल माग गर्दा प्रतिपाना रु. ३ का दरले टिकट लाग्ने । |
जिम्मेवार कर्मचारी/शाखा |
विनय के.सी
-
मुद्दा शाखा कोठा नं. १९
(कोठा नं - १९)
|
गुनासो सुन्ने कर्मचारी |
बन्धु प्रसाद बास्ताेला
|
|
दुषित खाद्य पदार्थ सम्वन्धी मुद्दाः-
खाद्य निरिक्षक मार्फत जिल्ला सरकारी वकील कार्यालयको राय लिई मुद्दा दायर हुने ।
कालो बजार सम्वन्धी मुद्दाः-
जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता गरि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
सार्वजनिक अपराध (सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक अधिकारको अख्तियारीको अवज्ञा सम्वन्धी कसुर, सार्वजनिक हित र नैतिकता):-
जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
पशुपंक्षी सम्वन्धी कसुरः-
जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
बजार अनुगमनः-
खाद्य तथा गुण नियन्त्रण कार्यालय/घरेलु तथा साना उद्योग कार्यालय/जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्दा म्याद समाप्त भएका खाद्य सामग्री विक्रि वितरण सम्वन्धी कसुरमा अनुसन्धान गरि जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग दर्ता गर्ने ।
मुद्दाको मिसिल नक्कल मागः-
निवेदन र आफ्नो परिचय खुल्ने कागज
|
कोठा नं. १९ बाट काम सम्पन्न हुने ।
उजुरीहरु जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
|
जिल्ला प्रशासन कार्यालय, बर्दिया
|
|
4 |
लाग्ने समय |
प्रमाण पुगेकोमा पेश भएकै दिन |
शुल्क |
रु. १० को टिकट |
जिम्मेवार कर्मचारी/शाखा |
जयराम थारु
-
आर्थिक प्रशासन शाखा कोठा नं. ४
(कोठा नं - ४)
|
गुनासो सुन्ने कर्मचारी |
बन्धु प्रसाद बास्ताेला
|
|
(क) क्षतिपुर्ति रकम वितरण (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई)ः-
१) हकदारको निवेदन
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति
३) मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज
५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश
(ख) विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहतः
१) विवरण खुलेको सम्वन्धित पिडीत व्यतिmको निवेदन
२) संवन्धित गा.पा./न.पा.को सिफारिश
३) प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र
४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति
५) मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित ।
(ग) राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)ः-
१) राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने
(घ) तेश्रो पक्ष विमाः-
१) हकदारको निवेदन
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति
३) मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज
५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश
ङ) जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जाः-
१) निवेदन
२) मुआव्जा दिने भनि गरेको निर्णय र सम्बन्धीत निकायबाट रकम प्राप्त भए पछि
३) जग्गाधनी प्रमाणपत्रको छायाप्रती
४) नागरिकताको छायाप्रति
च) धरौटी फिर्ता सम्वन्धीः-
१) निवेदन
२) धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद
३) कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस
४) नागरिकताको छायाप्रति
|
कोठा नं. ४ बाट सेवा प्रवाह हुने ।
लेखिए अनुसारका सबै सक्कल कागजातहरु देखाउनु पर्ने ।
|
जिल्ला प्रशासन कार्यालय, बर्दिया
|
|
5 |
लाग्ने समय |
सबै प्रमाण पुगेमा पेश भएकै दिन । |
शुल्क |
क)गुनासो वा ठाडो उजुरीः- रु. १० को टिकट
ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः- रु. १० को टिकट
ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः- रु. १० को टिकट
घ) अन्य व्यहोरा प्रमाणितः- रु. १० को टिकट
ङ) संस्था दर्ताः- रु. १० को टिकट र दर्ता शुल्क रु. १०००।-
च) संस्था नविकरणः-- रु. १० को टिकट, नविकरण शुल्क रु. ५००।-(बिलम्ब शुल्क नियमानुसार हुने)
छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः- रु. १० को टिकट, प्रमाणपत्रको प्रतिलिपीका लागि रु. ५०।- र विधान प्रतिलिपीका लागि प्रति पानाको रु. ३।- को टिकट ।
ज) संस्थाको विधान संशोधनः- रु. १० को टिकट
झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः- रु. १० को टिकट
ञ) पत्रपत्रिका दर्ताः- - रु. १० को टिकट, दैनिक रु १,०००।–, अर्ध साप्ताहिक रु ७००।–, साप्ताहिक रु. ५००।–, पाक्षिक रु. ३००।–, मासिक र अन्य २००।–
ट) छापाखाना दर्ताः- रु. १० को टिकट, दर्ता शुल्क रु. १०००।-
ठ) बादी परिचयपत्रः - रु. १० को टिकट
ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः रु. १० को टिकट, नामसारी दस्तुर रु.१०००।–,
हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ बमोजिम
२०७८ भाद्र २१ गते राजपत्रमा प्रकाशित
सि.नं.
|
विवरण
|
इजाजत पत्र दस्तुर (रुपैयामा)
|
नविकरण दस्तुर (रुपैयामा)
|
जिल्लाभर
|
नेपाल भर
|
जिल्लाभर
|
नेपाल भर
|
|
पिस्तोल, रिभल्वर वा मिनिएचर राइफल सहित अन्य राइफल प्रत्येकको
|
५०००।-
|
६०००।-
|
३०००।-
|
४०००।-
|
|
टोटावाल बन्दुक वा मिनिएचर राइफल, प्रत्येकको (१२ बोर)
|
४०००।-
|
५०००।-
|
२०००।-
|
३०००।-
|
|
भरुवा बन्दुक प्रत्येकको
|
३०००।-
|
३०००।-
|
१५००।-
|
२०००।-
|
|
हावादारी बन्दुक प्रत्येकको
|
२०००।-
|
२५००।-
|
१०००।-
|
१५००।-
|
(विलम्ब शुल्क नियमानुसार)
ढ) शान्ति सुरक्षाः रु. १० को टिकट |
जिम्मेवार कर्मचारी/शाखा |
गंगाराम अधिकारी
-
स्थानीय प्रशासन शाखा कोठा नं. ७
(कोठा नं - ७)
|
गुनासो सुन्ने कर्मचारी |
बन्धु प्रसाद बास्ताेला
|
|
क)गुनासो वा ठाडो उजुरीः-
१) सम्पूर्ण विवरण खुलेको निवेदन ।
२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) ।
ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः-
१) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी ।
२) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) ।
३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का ।
ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः-
१) सम्वन्धित व्यतिmको निवेदन ।
२) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी ।
३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का ।
घ) अन्य व्यहोरा प्रमाणितः-
१) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात ।
२) गा.पा./न.पा.को सिफारिस ।
३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का ।
ङ) संस्था दर्ताः-
१. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र ।
२. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
३ प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ।
४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।
च) संस्था नविकरणः-
१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली ।
३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी ।
४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन ।
६ आउने आ.ब.को कार्य योजना
छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-
१ निवेदन ।
२ कार्य समितिको निर्णयको प्रतिलिपि ।
३ संस्था दर्ता प्रमाण पत्र ।
ज) संस्थाको विधान संशोधनः-
१. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी ।
२. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) ।
३. स्वीकृत विधानको प्रतिलिपी ।
४. गा.पा./न.पा.कोे सिफारिश पत्र
झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः-
१. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
२. विधानको प्रतिलिपी ।
३. कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको सिफारिस ।
४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी
५. कर चुक्ता प्रमाण ।
ञ) पत्रपत्रिका दर्ताः-
१. अनुसूची–४ अनुसारको दरखास्त ।
२. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो ।
३ सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा ।
४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ |
५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि चाहिने )
६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको ना.प्र.पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन ।
७. कर तिरेको प्रमाण ।
ट) छापाखाना दर्ताः-
१.अनुसूची–१ अनुसारको दरखास्त ।
२ छापाखाना संचालककोे नागरिकता र फोटो ।
३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।
४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण ।
५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी ।
६. कर तिरेको प्रमाण ।
ठ) बादी परिचयपत्रः-
१. निवेदन (नमूना बमोजिमको)
२. नागरिकताको छायाप्रति
३ गा.पा./न.पा.को सिफारीस
ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः-
१.निवेदन (नमूना बमोजिमको)
२ हातहतियार इजाजत पत्र (हतियार समेत) ।
३. नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस ।
४. स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस ।
ढ) शान्ति सुरक्षाः-
१. यथार्थ विवरण सहितको निवेदन ।
२. नागरिकताको छायाप्रति ।
ण) नाम, जन्ममिति र थर सच्याउनेः-
१) एस.एल.सी. परीक्षा उर्तिण भै प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन
२) सम्वन्धित गा.पा./न.पा.को सिफारिश
३) विद्यालयको सिफारिस र फोटो २ प्रति
५) ना.प्र. पत्रको फोटोकपी ।
६) शिक्षा विकास तथा समन्वय इकाईको पत्र ।
७) शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी
त) CC TV/Camera जडान जानकारी-
१. CC TV/Camera जडान गरेको १५ दिन भित्र अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पठाउने ।
थ) RPA/Drone उडान अनुमति लिने सम्वन्धमाः-
१. तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
२. दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
३. नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हममा भन्सार विजक ।
४. उडान उपकरण सञ्चालनको उद्देश्य ।
५. उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ ।
६. नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र
७. उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
८. विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter)
९. RPA उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
१०. शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।
|
कोठा नं. ७ बाट काम हुने ।
नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने ।
|
जिल्ला प्रशासन कार्यालय, बर्दिया
|
|
6 |
लाग्ने समय |
प्रमाण पुगेमा सोही दिन |
शुल्क |
निःशुल्क |
जिम्मेवार कर्मचारी/शाखा |
योगेश योगी
-
राष्ट्रिय परिचय पत्र शाखा कोठा नं. १२
(कोठा नं - १२)
|
गुनासो सुन्ने कर्मचारी |
बन्धु प्रसाद बास्ताेला
|
|
क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
२. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र
६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य ।
ख. राष्ट्रिय परिचय पत्र वितरणः
१. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि SMS बाट जानकारी गराइने छ ।
|
संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक औठाछाप र सहिछाप दिने ।
|
जिल्ला प्रशासन कार्यालय, बर्दिया
|
|