Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिक वडापत्र

नागरिक वडापत्रको प्रकार
सि.नं. सेवाको विवरण कागजातहरु प्रक्रियाहरु
1

नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र

लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

शुल्क

नयाँ नागरिकताको लागि रु. १० को टिकट ।

प्रतिलिपी नागरिकताको लागि रु. १३ को टिकट ।

जिम्मेवार कर्मचारी/शाखा कृष्ण वि.क. - नागरिकता तथा प्रतिलिपी शाखा कोठा नं. १६ (कोठा नं - 16)
गुनासो सुन्ने अधिकारी
बंशजको नाताले नेपाली नागरिकता बनाउन


बाबुआमा नेपालको नागरिक रहेछन् भने वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली नागरिकले;



अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र, भएमा शैक्षिक प्रमाणपत्र समेत
तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र,
पढेको भए शैक्षिक प्रमाणपत्र
उल्लेखित कागजात पेश गर्न नसक्ने नेपाली नागरिकले बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपालभित्र स्थायी रूपमा वसोवास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय तहका पदाधिकारी वा सदस्यको रोहवरमा अनुसूची-३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,
निवेदकलाई चिन्ने सोही वडामा बसोवास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्यले अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत ।
तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानविन गर्न सक्नेछ।


(३) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले


अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सम्बन्धित स्थानीय तहको सिफारिस
कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस
अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस
पढेको भए शैक्षिक प्रमाणपत्र


(४) संवत् 2072 साल असोज 3 गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने


अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
जन्मदर्ता प्रमाणपत्र,
बावु र आमा दुबैको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।
पढेको भए शैक्षिक प्रमाणपत्र


 

(५) नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र वावुको पहिचान हुन नसकेको सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले;


अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
जन्मदर्ता प्रमाणपत्र,
आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
निजको जन्म नेपालमा भई नेपालमा नै वसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ।
बाबुको पहिचान हुन नसकेको व्यक्तिले र निजको आमाले अनुसूची-४क. गरेको स्वघोषणा,
तर, निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिससहित निवेदकले गरेको अनुसूची-४क, वमोजिमको स्वघोषणा
तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानविन गर्न सक्नेछ।


 

* (३ग) ऐनको दफा ३ को उपदफा (६) बमोजिम वंशजको आधारमा नेपालको नागरिकता लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछः-

(क) जन्मदर्ता प्रमाणपत्र,

(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र वा आमा नेपाली नागरिक रहेको प्रमाण,

(ग) बाबुको नेपाली नागरिकताको प्रमाणपत्र,

(घ) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।

(४) उपनियम (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार *. प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।

(५) उपनियम (१), (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(६) पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई निजले प्राप्त गर्ने नागरिकताको प्रमाणपत्रमा बाबु र आमाको नाम उल्लेख गर्नुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी खाली राख्नु पर्नेछ । तर निजको संरक्षक भएमा नागरिकता प्रमाणमा संरक्षणको नाम थर र ठेगाना खुलाउनु पर्नेछ।

 (७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(८) उपनियम (२) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नु पर्नेछ ।

* (९) ऐनको दफा ८ को उपदफा (३क) को प्रयोजनको लागि प्रमुख जिल्ला अधिकारीले परिवारको सदस्यलाई कार्यालयमा झिकाई सनाखत गर्न लगाउनेछ ।

 

 

वैवाहिक सम्बन्धको आधारमा अङ्गीकृत नागरिकता प्राप्त गर्न आवश्यक कागजातहरु

 


नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा देहायका कागजात संलग्न गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन -
नेपाली नागरिकसँग भएको वैवाहिक सम्वन्ध खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भए त्यस्तो भिसाको म्याद कायम रहेको निस्सा,
निजले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा ।
आवश्यकता अनुसार प्राप्त निवेदनउपर छानविन/थप बुझ्न सकिनेछ।
प्राप्त निवेदनउपर छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा सात दिनभित्र निर्णय गरी निजलाई सोको जानकारी गराइनेछ ।


 

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न आवश्यक कागजातहरु


विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा देहायका कागजातसहित अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन



आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
नेपालमा स्थायी बसोवास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस,
बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क वमोजिम गरेको स्वघोषणा। तर निवेदन दिँदाका बखत आमाको मृत्यू भइसकेकोमा मृत्यु दर्ता प्रमाणपत्र वा होस ठेगानमा नरहेकोमा सोही व्यहोरा खुलाई स्वीकृत चिकित्सकले गरेको सिफारिस सहित निवेदकले गरेको अनुसूची-७क. बमोजिमको स्वघोषणा संलग्न गर्ने।



बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन भएका व्यक्तिको सन्तानको हकमा त्यस्तो सन्तानले सोह्र वर्ष उमेर पूरा भई ऐनको दफा ५ को उपदफा (५क) बमोजिम अङ्गीकृत नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन:-


(क) जन्म दर्ता प्रमाणपत्र,

(ख) बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नागरिकताको नेपाली प्रमाणपत्र,

(ग) बाबु वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र

(घ) जन्मस्थान, नाता र निज नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,

(ङ) बाबु वा आमा सम्पर्कविहीन भएको भए सोको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,

(च) बाबु वा आमाको मृत्यु भएको वा सम्पर्कविहीन भएको भए अनुसूची-७ख. बमोजिमको ढाँचामा निजले प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा ।

(३) नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको सोह वर्ष उमेर पूरा भएको व्यक्तिले अङ्गीकृत नेपाली नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ :-


जन्म दर्ता प्रमाणपत्र,


(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र,

(ग) निजको जन्म भएको मुलुक, स्थान र जन्म सम्बन्धी विवरण खुल्ने कागजात,

घ) नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको पहिचान नभएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,

(ङ) विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा ।

 (4) अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछ ।


निवेदनसाथ नाता प्रमाणित पत्र,
बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र
निज नेपालमा वसोवास गरिरहेको व्यहोराको स्थानीय तहले गरिदिएको सिफारिस संलग्न गर्नु पर्नेछ ।
प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।


(5) वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बावु विदेशी रहेको ठहरेमा र निजले वायुको नामबाट विदेशको नागरिकता नलिएको भएमा वशजको आधारमा प्राप्त गरेको नागरिकतालाई अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न बावु विदेशी ठहरेको पैतीस दिनभित्र देहायका कागजात संलग्न गरी अनुसूची-८क. बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ-

(क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ख) वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल,

(ग) निज नेपालमा वसोवास गर्दै आएको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस,

(घ) बाबु विदेशी रहेको व्यहोरा खुल्ने कागजात,

(ङ) बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी अनुसूची-८ख.बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समक्ष गरेको स्वघोषणा ।

(6) प्राप्त निवेदन उपर छानविन गरी निवेदकले वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र खिची निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ ।

(7) अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्र तथा सोको अभिलेखमा पहिले वंशजको आधारमा नेपाली नागरिकता पाएको मिति तथा नागरिकता नम्बर र अङ्गीकृत नेपाली नागरिकतामा परिणत भएको व्यहोरा समेत खुलाउनु पर्नेछ ।

 

 

 

गैरआवासीय नागरिकता

 






क. विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको र साविकमा बंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी


निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण,
सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
बिदेशी मुलुकको नागरिकता भएको प्रमाण,
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,
नेपालको संविधान र कानूनको परिपालना गर्ने प्रतिवद्धतापत्र।
साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली






कोठा नं. १६ बाट कार्य सम्पन्न हुने । 

नागरिकता प्राप्तिका लागि स्थानीय तहबाट अनलाइन सिफारिस भई आउनु पर्नेछ ।
अनुसूची साथ पेश भएका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

2

राहदानी शाखाको नागरिक सेवा वडापत्र

लाग्ने समय

राहदानीको हकमाः-  निवेदकले जैविक विवरण (Bio-matric) को लागि आवेदन फारम भरेर पेश गरेको दिन

राहदानी लिनका लागि राहदानी विभागबाट राहदानी प्राप्त भएपछि ।

नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन ।

शुल्क

राहदानी दस्तुर रु. ५,०००।–  बैंकमा जम्मा गरेको बैंक भौचर १० बर्ष मुनिका नाबालकको हकमा रु. २५००।-

हराएको वा च्यातिएको वा केरमेट भएको वा कुनै किसिमले विग्रेको भए दोब्बर दस्तुर लाग्नेछ

जिम्मेवार कर्मचारी/शाखा नैनासरा वली - राहदानी शाखा कोठा नं. १७ (कोठा नं - 17)
गुनासो सुन्ने अधिकारी
साधारण विद्युतीय राहदानी


रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम ।
नेपाली नागरिकताको प्रमाणपत्र सक्कल
नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर खुल्ने प्रमाण।
बसाइ सरेको हकमा बसाइसराई र विवाहको हकमा विवाहदर्ता सक्कल
कर्मचारीको हकमा कार्यालयको सिफारिस
पहिले राहदानी लिएको भए सोको सक्कल
माथी उल्लेखित कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण(Bio-matric) दिएको हुनुपर्नेछ।
नाबालकको हकमा नाबालक परिचयपत्र


राहदानी वितरण


मोबाइलमा म्यासेज आएपछि सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने ।
राहदानीमा विवरण संशोधन/त्रुटी सुधार
राहदानीको फारम भर्दा विवरणमा त्रुटी भई सुधार गर्नुपर्ने भएमा कार्यालयमा निवेदन पेश गर्नुपर्ने । त्रुटी सुधार गर्दा समेत नयाँ राहदानी बनाए सरह नै राजश्व लाग्ने ।


नाबालक परिचयपत्र


गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
नाता प्रमाणितको प्रतिलिपी ।
बाबुआमाको ना.प्र.प. र विवाह दर्ताको प्रतिलिपि।
जन्मदर्ता प्रमाण पत्र । र विदेशमा जन्म भएकालाई सो को प्रमाण र  सम्बन्धित क्याम्पको पत्र ।
आवश्यक परेमा वसाई सराई, आदि ।
थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।
धर्मपुत्र/धर्मपुत्रीद्वारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प.

कोठा नं. १७ बाट कार्य सम्पन्न हुने ।

  सक्कल कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ।

3

मुद्दा शाखाको नागरिक सेवा वडापत्र

लाग्ने समय

प्रमाण पुगेमा पेश भएकै दिन

शुल्क

 मुद्दाको मिसिल नक्कल माग गर्दा प्रतिपाना रु. १० का दरले टिकट लाग्ने ।

जिम्मेवार कर्मचारी/शाखा विनय के.सी - मुद्दा शाखा कोठा नं. १९ (कोठा नं - १९)
गुनासो सुन्ने अधिकारी
दुषित खाद्य पदार्थ सम्वन्धी मुद्दाः-
खाद्य निरिक्षक मार्फत जिल्ला सरकारी वकील कार्यालयको राय लिई मुद्दा दायर हुने ।

कालो बजार सम्वन्धी मुद्दाः-
जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता गरि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।

सार्वजनिक अपराध (सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक अधिकारको अख्तियारीको अवज्ञा सम्वन्धी कसुर, सार्वजनिक हित र नैतिकता):- 
जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।

पशुपंक्षी सम्वन्धी कसुरः-
जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।

बजार अनुगमनः-
खाद्य तथा गुण नियन्त्रण कार्यालय/घरेलु तथा साना उद्योग कार्यालय/जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्दा म्याद समाप्त भएका खाद्य सामग्री विक्रि वितरण सम्वन्धी कसुरमा अनुसन्धान गरि जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग दर्ता गर्ने ।


​मुद्दाको मिसिल नक्कल मागः-
निवेदन र आफ्नो परिचय खुल्ने कागज

कोठा नं. १९ बाट काम सम्पन्न हुने ।

उजुरीहरु  जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।

4

आर्थिक प्रशासन शाखाको नागरिक सेवा वडापत्र

लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन

शुल्क
जिम्मेवार कर्मचारी/शाखा जयराम थारु - आर्थिक प्रशासन शाखा कोठा नं. ४ (कोठा नं - ४)
गुनासो सुन्ने अधिकारी
(क) क्षतिपुर्ति रकम वितरण  (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम  मृतकका हकदारलाई)ः- 
१) हकदारको निवेदन 
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति
३) मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज
५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश

(ख) विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहतः

१) विवरण  खुलेको सम्वन्धित पिडीत व्यतिmको निवेदन
२) संवन्धित गा.पा./न.पा.को सिफारिश
३) प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र 
४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति
५) मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित ।

(ग)  राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण,  लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)ः-

१) राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने

(घ) तेश्रो पक्ष विमाः-

१) हकदारको निवेदन 
२) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति
३) मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति
४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज
५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश

ङ) जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जाः-

१) निवेदन 
२) मुआव्जा दिने भनि गरेको निर्णय र सम्बन्धीत निकायबाट रकम प्राप्त भए पछि
३) जग्गाधनी प्रमाणपत्रको छायाप्रती
४) नागरिकताको छायाप्रति

च) धरौटी फिर्ता सम्वन्धीः-

१) निवेदन 
२) धरौटी जम्मा गर्दाको सक्कल नगदी रसिद
३) कार्यालयको मुद्दा शाखाले गरेको सिफारिस
४) नागरिकताको छायाप्रति

 

कोठा नं. ४ बाट सेवा प्रवाह हुने ।

लेखिए अनुसारका सबै सक्कल कागजातहरु देखाउनु पर्ने ।

5

स्थानीय प्रशासन शाखाको नागरिक सेवा वडापत्र

लाग्ने समय

सबै प्रमाण पुगेमा पेश भएकै दिन ।

शुल्क

क) संस्था दर्ताः-     दर्ता शुल्क रु. १०००।-

ख) संस्था नविकरणः--    नविकरण शुल्क रु. ५००।-(बिलम्ब शुल्क नियमानुसार हुने)

ग) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-   प्रमाणपत्रको प्रतिलिपीका लागि रु. ५०।- र विधान प्रतिलिपीका लागि प्रति पानाको रु. १०।- को टिकट ।

घ) पत्रपत्रिका दर्ताः- -     दैनिक रु १,०००।–, अर्ध साप्ताहिक रु ७००।–,  साप्ताहिक रु.   ५००।–, पाक्षिक रु.      ३००।–, मासिक र अन्य  २००।–

ङ) छापाखाना दर्ताः-      दर्ता शुल्क रु. १०००।-

) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः    नामसारी दस्तुर रु.१०००।–,

 

हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ बमोजिम

२०७८ भाद्र २१ गते राजपत्रमा प्रकाशित

 

सि.नं.

विवरण

इजाजत पत्र दस्तुर (रुपैयामा)

नविकरण दस्तुर (रुपैयामा)

जिल्लाभर

नेपाल भर

जिल्लाभर

नेपाल भर

  •  

पिस्तोल, रिभल्वर वा मिनिएचर राइफल सहित अन्य राइफल प्रत्येकको

५०००।-

६०००।-

३०००।-

४०००।-

  •  

टोटावाल बन्दुक वा मिनिएचर राइफल, प्रत्येकको  (१२ बोर)

४०००।-

५०००।-

२०००।-

३०००।-

  •  

भरुवा बन्दुक प्रत्येकको

३०००।-

३०००।-

१५००।-

२०००।-

  •  

हावादारी बन्दुक प्रत्येकको

२०००।-

२५००।-

१०००।-

१५००।-

 (विलम्ब शुल्क नियमानुसार)

जिम्मेवार कर्मचारी/शाखा सुनिल दत्त - स्थानीय प्रशासन शाखा कोठा नं. ७ (कोठा नं - ७)
गुनासो सुन्ने अधिकारी
क)गुनासो वा ठाडो उजुरीः-
१) सम्पूर्ण विवरण खुलेको निवेदन ।
२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) ।

ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः-
 १) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी ।
२) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) ।
३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः-
१) सम्वन्धित व्यतिmको निवेदन ।
२) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी ।
३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

घ) अन्य व्यहोरा प्रमाणितः- 
१) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात ।
२) गा.पा./न.पा.को सिफारिस ।
३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

ङ) संस्था दर्ताः- 
१. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र ।
२. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
३  प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ।
४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।

च) संस्था नविकरणः-
१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली ।
३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी ।         
४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन ।
६ आउने आ.ब.को कार्य योजना

छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-
१ निवेदन ।
२ कार्य समितिको निर्णयको प्रतिलिपि ।
३ संस्था दर्ता प्रमाण पत्र ।

ज) संस्थाको विधान संशोधनः-
१. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी ।
२. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) ।
३. स्वीकृत विधानको प्रतिलिपी ।
४. गा.पा./न.पा.कोे सिफारिश पत्र

झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः-
१. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
२. विधानको प्रतिलिपी । 
३. कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको  सिफारिस ।
४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी
५. कर चुक्ता प्रमाण ।

ञ) पत्रपत्रिका दर्ताः- 
१. अनुसूची–४ अनुसारको दरखास्त ।
२. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो ।
३  सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा ।
४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ |
५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि चाहिने )
​६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको ना.प्र.पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । 
७. कर तिरेको प्रमाण ।

ट) छापाखाना दर्ताः- 
१.अनुसूची–१ अनुसारको दरखास्त ।
२ छापाखाना संचालककोे नागरिकता र फोटो ।
३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।
४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण ।
५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी ।
६. कर तिरेको प्रमाण ।

ठ)  बादी परिचयपत्रः- 
१. निवेदन (नमूना बमोजिमको)
२. नागरिकताको छायाप्रति
३ गा.पा./न.पा.को सिफारीस

ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः-
१.निवेदन (नमूना बमोजिमको)
२ हातहतियार इजाजत पत्र (हतियार समेत) ।
३. नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस ।
४. स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस ।

ढ) शान्ति सुरक्षाः-
१. यथार्थ विवरण सहितको निवेदन ।
२. नागरिकताको छायाप्रति ।

ण) नाम, जन्ममिति र थर सच्याउनेः-
१)  एस.एल.सी. परीक्षा उर्तिण भै प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन 
२)  सम्वन्धित गा.पा./न.पा.को सिफारिश 
३)   विद्यालयको सिफारिस र  फोटो २ प्रति                        
५)  ना.प्र. पत्रको फोटोकपी ।
६)  शिक्षा विकास तथा समन्वय इकाईको पत्र ।
७) शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी

त) CC TV/Camera जडान जानकारी-
 १. CC TV/Camera जडान गरेको १५ दिन भित्र अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पठाउने  ।

थ) RPA/Drone उडान अनुमति लिने सम्वन्धमाः-
१. तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
२. दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
३. नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हममा भन्सार विजक ।
४. उडान उपकरण सञ्चालनको उद्देश्य ।
५. उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ । 
६. नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र
७. उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
८. विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter)
९. RPA  उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
१०. शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।

कोठा नं. ७ बाट काम हुने ।

नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने ।

6

राष्ट्रिय परिचय पत्र शाखाको नागरिक सेवा वडापत्र

लाग्ने समय

प्रमाण पुगेमा सोही दिन

शुल्क

निःशुल्क

जिम्मेवार कर्मचारी/शाखा करुणा न्यौपाने - राष्ट्रिय परिचय पत्र शाखा कोठा नं. १२ (कोठा नं - १२)
गुनासो सुन्ने अधिकारी
क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन

१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
२. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र
६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य । 

ख. राष्ट्रिय परिचय पत्र वितरणः
१. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि SMS बाट जानकारी गराइने छ ।

संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक ‌औठाछाप र सहिछाप दिने ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .