Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राहदानी शाखाको नागरिक सेवा वडापत्र

शुल्क

राहदानी दस्तुर रु. ५,०००।–  बैंकमा जम्मा गरेको बैंक भौचर १० बर्ष मुनिका नाबालकको हकमा रु. २५००।-

हराएको वा च्यातिएको वा केरमेट भएको वा कुनै किसिमले विग्रेको भए दोब्बर दस्तुर लाग्नेछ



लाग्ने समय

राहदानीको हकमाः-  निवेदकले जैविक विवरण (Bio-matric) को लागि आवेदन फारम भरेर पेश गरेको दिन

राहदानी लिनका लागि राहदानी विभागबाट राहदानी प्राप्त भएपछि ।

नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन ।

कागजातहरु

साधारण विद्युतीय राहदानी

  • रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम
  • नेपाली नागरिकताको प्रमाणपत्र सक्कल
  • नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर खुल्ने प्रमाण।
  • बसाइ सरेको हकमा बसाइसराई र विवाहको हकमा विवाहदर्ता सक्कल
  • कर्मचारीको हकमा कार्यालयको सिफारिस
  • पहिले राहदानी लिएको भए सोको सक्कल
  • माथी उल्लेखित कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण(Bio-matric) दिएको हुनुपर्नेछ।
  • नाबालकको हकमा नाबालक परिचयपत्र

राहदानी वितरण

  • मोबाइलमा म्यासेज आएपछि सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने ।
  • राहदानीमा विवरण संशोधन/त्रुटी सुधार
  • राहदानीको फारम भर्दा विवरणमा त्रुटी भई सुधार गर्नुपर्ने भएमा कार्यालयमा निवेदन पेश गर्नुपर्ने । त्रुटी सुधार गर्दा समेत नयाँ राहदानी बनाए सरह नै राजश्व लाग्ने ।

नाबालक परिचयपत्र

  • गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
  • नाता प्रमाणितको प्रतिलिपी
  • बाबुआमाको ना.प्र.प. र विवाह दर्ताको प्रतिलिपि।
  • जन्मदर्ता प्रमाण पत्र । र विदेशमा जन्म भएकालाई सो को प्रमाण   सम्बन्धित क्याम्पको पत्र
  • आवश्यक परेमा वसाई सराई, आदि
  • थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   
  • धर्मपुत्र/धर्मपुत्रीद्वारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती ना.प्र.प.


प्रक्रियाहरु

कोठा नं. १७ बाट कार्य सम्पन्न हुने ।

  सक्कल कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ।

पछिल्लो अपडेट गरिएको : 2083-03-03 11:29:14

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .