Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी शाखाको नागरिक सेवा वडापत्र

शुल्क

राहदानी दस्तुर रु. ५,०००।–  बैंकमा जम्मा गरेको बैंक भौचर १० बर्ष मुनिका नाबालकको हकमा रु. २५००।-

हराएको वा च्यातिएको वा केरमेट भएको वा कुनै किसिमले विग्रेको भए दोब्बर दस्तुर लाग्नेछ



लाग्ने समय

राहदानीको हकमाः-  निवेदकले जैविक विवरण (Bio-matric) को लागि आवेदन फारम भरेर पेश गरेको दिन

राहदानी लिनका लागि राहदानी विभागबाट राहदानी प्राप्त भएपछि ।

नाबालक परिचय पत्रको हकमाः- प्रमाण पुगेमा सोही दिन ।

कागजातहरु

साधारण विद्युतीय राहदानी

  • रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम
  • नेपाली नागरिकताको प्रमाणपत्र सक्कल
  • नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर खुल्ने प्रमाण।
  • बसाइ सरेको हकमा बसाइसराई र विवाहको हकमा विवाहदर्ता सक्कल
  • कर्मचारीको हकमा कार्यालयको सिफारिस
  • पहिले राहदानी लिएको भए सोको सक्कल
  • माथी उल्लेखित कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण(Bio-matric) दिएको हुनुपर्नेछ।
  • नाबालकको हकमा नाबालक परिचयपत्र

राहदानी वितरण

  • मोबाइलमा म्यासेज आएपछि सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने ।
  • राहदानीमा विवरण संशोधन/त्रुटी सुधार
  • राहदानीको फारम भर्दा विवरणमा त्रुटी भई सुधार गर्नुपर्ने भएमा कार्यालयमा निवेदन पेश गर्नुपर्ने । त्रुटी सुधार गर्दा समेत नयाँ राहदानी बनाए सरह नै राजश्व लाग्ने ।

नाबालक परिचयपत्र

  • गा.पा/न.पा. को सिफारिश (जन्ममिति  खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
  • नाता प्रमाणितको प्रतिलिपी
  • बाबुआमाको ना.प्र.प. र विवाह दर्ताको प्रतिलिपि।
  • जन्मदर्ता प्रमाण पत्र । र विदेशमा जन्म भएकालाई सो को प्रमाण   सम्बन्धित क्याम्पको पत्र
  • आवश्यक परेमा वसाई सराई, आदि
  • थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   
  • धर्मपुत्र/धर्मपुत्रीद्वारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने  बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती ना.प्र.प.


प्रक्रियाहरु

कोठा नं. १७ बाट कार्य सम्पन्न हुने ।

  सक्कल कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ।

गुनासो सुन्ने कर्मचारी
रुद्रादेवी शर्मा
पछिल्लो अपडेट गरिएको : 2081-11-29 19:17:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers