कोठा नं | 17 |
---|---|
इमेल | daobardiya@gmail.com |
(क) ई-राहदानीको विवरण दर्ता
(ख) राहदानी वितरण
(ग) नाबालक परिचय पत्र
साधारण विद्युतीय राहदानी
रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम ।
नेपाली नागरिकताको प्रमाणपत्र सक्कल
नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर खुल्ने प्रमाण।
बसाइ सरेको हकमा बसाइसराई र विवाहको हकमा विवाहदर्ता सक्कल
कर्मचारीको हकमा कार्यालयको सिफारिस
पहिले राहदानी लिएको भए सोको सक्कल
माथी उल्लेखित कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण(Bio-matric) दिएको हुनुपर्नेछ।
नाबालकको हकमा नाबालक परिचयपत्र
राहदानी दस्तुर रु. ५,०००।– बैंकमा जम्मा गरेको बैंक भौचर र १० बर्ष मुनिका नाबालकको हकमा रु. २५००।-
हराएको वा च्यातिएको वा केरमेट भएको वा कुनै किसिमले विग्रेको भए दोब्बर दस्तुर लाग्नेछ ।
राहदानी वितरण
मोबाइलमा म्यासेज आएपछि सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने ।
राहदानीमा विवरण संशोधन/त्रुटी सुधार
राहदानीको फारम भर्दा विवरणमा त्रुटी भई सुधार गर्नुपर्ने भएमा कार्यालयमा निवेदन पेश गर्नुपर्ने । त्रुटी सुधार गर्दा समेत नयाँ राहदानी बनाए सरह नै राजश्व लाग्ने ।
नाबालक परिचयपत्र
गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) ।
नाता प्रमाणितको प्रतिलिपी ।
बाबुआमाको ना.प्र.प. र विवाह दर्ताको प्रतिलिपि।
जन्मदर्ता प्रमाण पत्र । र विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र ।
आवश्यक परेमा वसाई सराई, आदि ।
थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै ।
धर्मपुत्र/धर्मपुत्रीद्वारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प.
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers