निवेदनमा रु. १०।– को टिकट र मुद्दाको मिसिल नक्कल माग गर्दा प्रतिपाना रु. ३ का दरले टिकट लाग्ने ।
प्रमाण पुगेमा पेश भएकै दिन
दुषित खाद्य पदार्थ सम्वन्धी मुद्दाः-
खाद्य निरिक्षक मार्फत जिल्ला सरकारी वकील कार्यालयको राय लिई मुद्दा दायर हुने ।
कालो बजार सम्वन्धी मुद्दाः-
जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता गरि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
सार्वजनिक अपराध (सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक अधिकारको अख्तियारीको अवज्ञा सम्वन्धी कसुर, सार्वजनिक हित र नैतिकता):-
जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
पशुपंक्षी सम्वन्धी कसुरः-
जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
बजार अनुगमनः-
खाद्य तथा गुण नियन्त्रण कार्यालय/घरेलु तथा साना उद्योग कार्यालय/जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्दा म्याद समाप्त भएका खाद्य सामग्री विक्रि वितरण सम्वन्धी कसुरमा अनुसन्धान गरि जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग दर्ता गर्ने ।
मुद्दाको मिसिल नक्कल मागः-
निवेदन र आफ्नो परिचय खुल्ने कागज
कोठा नं. १९ बाट काम सम्पन्न हुने ।
उजुरीहरु जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने ।
© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया
Powered By: ProActive Developers