Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता तथा प्रतिलिपी शाखाको नागरिक सेेवा वडापत्र

शुल्क

नयाँ नागरिकताको लागि रु. १० को टिकट ।

प्रतिलिपी नागरिकताको लागि रु. १३ को टिकट ।



लाग्ने समय

प्रमाण पुगेकोमा पेश भएकै दिन ।

कागजातहरु

बंशजको नाताले नेपाली नागरिकता बनाउन

  • बाबुआमा नेपालको नागरिक रहेछन् भने वंशजको नाताले नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह्र वर्ष उमेर पूरा भएको नेपाली नागरिकले;
  • अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
  • बाबु वा आमा वा आफ्ना वंशतर्फका तीन पुस्ताभित्रको नातेदारको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस वा जन्मदर्ता प्रमाणपत्र, भएमा शैक्षिक प्रमाणपत्र समेत
  • तीन पुस्ताभित्रको नातेदारको नागरिकताको प्रमाणपत्र पेश गरेको अवस्थामा उक्त नातेदारसँगको नाता खुल्ने नाता प्रमाणित पत्र,
  • पढेको भए शैक्षिक प्रमाणपत्र
  • उल्लेखित कागजात पेश गर्न नसक्ने नेपाली नागरिकले बाबु वा आमा नेपाली नागरिक भएकोले निज वंशजको नाताले नेपालको नागरिक भएको र नेपालमा जन्म भई निरन्तर रूपमा नेपालभित्र स्थायी रूपमा वसोवास गरी आएको व्यहोरा खुल्ने गरी स्थानीय तहका पदाधिकारी वा सदस्यको रोहवरमा अनुसूची-३ बमोजिमको ढाँचामा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त स्थानीय बासिन्दाहरूले गरिदिएको स्थलगत सर्जमिन,
  • निवेदकलाई चिन्ने सोही वडामा बसोवास गर्ने कम्तीमा दुई जना नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्ति र सम्बन्धित स्थानीय तहको कम्तीमा एक जना पदाधिकारी वा सदस्यले अनुसूची-४ बमोजिमको ढाँचामा सर्जमिनस्थलमै गरिदिएको सनाखत ।
  • तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानविन गर्न सक्नेछ।

(३) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले

  • अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
  • बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यताप्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सम्बन्धित स्थानीय तहको सिफारिस
  • कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखत सहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस
  • अन्य तरिकाले हुर्केको भए सम्बन्धित स्थानीय तहको सिफारिस
  • पढेको भए शैक्षिक प्रमाणपत्र

(४) संवत् 2072 साल असोज 3 गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने

  • अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
  • जन्मदर्ता प्रमाणपत्र,
  • बावु र आमा दुबैको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।
  • पढेको भए शैक्षिक प्रमाणपत्र

 

(५) नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र वावुको पहिचान हुन नसकेको सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले;

  • अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन,
  • जन्मदर्ता प्रमाणपत्र,
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
  • जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • निजको जन्म नेपालमा भई नेपालमा नै वसोवास गर्दै आएको र निजको बाबुको पहिचान हुन नसकेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा आमाले बाबु यिनै व्यक्ति हुन् भनी पहिचान गराउन नसकेको वा त्यस्तो व्यक्तिको जन्मदर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भए तापनि बाबुको पहिचान खुलाउन नसकेको भनी निज र निजको आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ।
  • बाबुको पहिचान हुन नसकेको व्यक्तिले र निजको आमाले अनुसूची-४क. गरेको स्वघोषणा,
  • तर, निवेदन दिँदाका बखत त्यस्तो व्यक्तिको आमाको मृत्यु भईसकेकोमा मृत्यु दर्ताको प्रमाणपत्र र होस ठेगानमा नरहेकोमा स्वीकृत चिकित्सकले गरेको सिफारिससहित निवेदकले गरेको अनुसूची-४क, वमोजिमको स्वघोषणा
  • तर, नागरिकताको सिफारिस गर्ने वा नागरिकता प्रदान गर्ने अधिकारीलाई सनाखत गर्ने व्यक्तिले शंकास्पद रूपमा सनाखत गरेको लागेमा त्यस्तो अधिकारीले त्यस उपर थप छानविन गर्न सक्नेछ।

 

* (३ग) ऐनको दफा ३ को उपदफा (६) बमोजिम वंशजको आधारमा नेपालको नागरिकता लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछः-

(क) जन्मदर्ता प्रमाणपत्र,

(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र वा आमा नेपाली नागरिक रहेको प्रमाण,

(ग) बाबुको नेपाली नागरिकताको प्रमाणपत्र,

(घ) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।

(४) उपनियम (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार *. प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।

(५) उपनियम (१), (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(६) पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई निजले प्राप्त गर्ने नागरिकताको प्रमाणपत्रमा बाबु र आमाको नाम उल्लेख गर्नुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी खाली राख्नु पर्नेछ । तर निजको संरक्षक भएमा नागरिकता प्रमाणमा संरक्षणको नाम थर र ठेगाना खुलाउनु पर्नेछ।

 (७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।

(८) उपनियम (२) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नु पर्नेछ ।

* (९) ऐनको दफा ८ को उपदफा (३क) को प्रयोजनको लागि प्रमुख जिल्ला अधिकारीले परिवारको सदस्यलाई कार्यालयमा झिकाई सनाखत गर्न लगाउनेछ ।

 

 

वैवाहिक सम्बन्धको आधारमा अङ्गीकृत नागरिकता प्राप्त गर्न आवश्यक कागजातहरु

 

  • नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा देहायका कागजात संलग्न गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन -
  • नेपाली नागरिकसँग भएको वैवाहिक सम्वन्ध खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
  • नेपालको भिसा आवश्यक पर्ने विदेशी मुलुकको नागरिक भए त्यस्तो भिसाको म्याद कायम रहेको निस्सा,
  • निजले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा ।
  • आवश्यकता अनुसार प्राप्त निवेदनउपर छानविन/थप बुझ्न सकिनेछ।
  • प्राप्त निवेदनउपर छानबिन गर्दा कुनै निवेदक नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य नदेखिएमा सात दिनभित्र निर्णय गरी निजलाई सोको जानकारी गराइनेछ ।

 

अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न आवश्यक कागजातहरु

  • विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका सन्तानको हकमा देहायका कागजातसहित अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन
  • आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
  • नेपालमा स्थायी बसोवास गरेको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको सिफारिस,
  • बाबुको नागरिकताको आधारमा कुनै विदेशी मुलुकको नागरिकता नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क वमोजिम गरेको स्वघोषणा। तर निवेदन दिँदाका बखत आमाको मृत्यू भइसकेकोमा मृत्यु दर्ता प्रमाणपत्र वा होस ठेगानमा नरहेकोमा सोही व्यहोरा खुलाई स्वीकृत चिकित्सकले गरेको सिफारिस सहित निवेदकले गरेको अनुसूची-७क. बमोजिमको स्वघोषणा संलग्न गर्ने।
  • बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा नेपाली नागरिकता प्राप्त गरेको र अर्काको नेपाली नागरिकता प्राप्त गर्नु अगावै मृत्यु भएको वा सम्पर्कविहीन भएका व्यक्तिको सन्तानको हकमा त्यस्तो सन्तानले सोह्र वर्ष उमेर पूरा भई ऐनको दफा ५ को उपदफा (५क) बमोजिम अङ्गीकृत नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन:-

(क) जन्म दर्ता प्रमाणपत्र,

(ख) बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नागरिकताको नेपाली प्रमाणपत्र,

(ग) बाबु वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र

(घ) जन्मस्थान, नाता र निज नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,

(ङ) बाबु वा आमा सम्पर्कविहीन भएको भए सोको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,

(च) बाबु वा आमाको मृत्यु भएको वा सम्पर्कविहीन भएको भए अनुसूची-७ख. बमोजिमको ढाँचामा निजले प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा ।

(३) नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको सोह वर्ष उमेर पूरा भएको व्यक्तिले अङ्गीकृत नेपाली नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ :-

  • जन्म दर्ता प्रमाणपत्र,

(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र,

(ग) निजको जन्म भएको मुलुक, स्थान र जन्म सम्बन्धी विवरण खुल्ने कागजात,

घ) नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको पहिचान नभएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,

(ङ) विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा ।

 (4) अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछ ।

  • निवेदनसाथ नाता प्रमाणित पत्र,
  • बाबु वा आमाको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र
  • निज नेपालमा वसोवास गरिरहेको व्यहोराको स्थानीय तहले गरिदिएको सिफारिस संलग्न गर्नु पर्नेछ ।
  • प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।

(5) वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बावु विदेशी रहेको ठहरेमा र निजले वायुको नामबाट विदेशको नागरिकता नलिएको भएमा वशजको आधारमा प्राप्त गरेको नागरिकतालाई अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न बावु विदेशी ठहरेको पैतीस दिनभित्र देहायका कागजात संलग्न गरी अनुसूची-८क. बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ-

(क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

(ख) वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल,

(ग) निज नेपालमा वसोवास गर्दै आएको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस,

(घ) बाबु विदेशी रहेको व्यहोरा खुल्ने कागजात,

(ङ) बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी अनुसूची-८ख.बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समक्ष गरेको स्वघोषणा ।

(6) प्राप्त निवेदन उपर छानविन गरी निवेदकले वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र खिची निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ ।

(7) अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्र तथा सोको अभिलेखमा पहिले वंशजको आधारमा नेपाली नागरिकता पाएको मिति तथा नागरिकता नम्बर र अङ्गीकृत नेपाली नागरिकतामा परिणत भएको व्यहोरा समेत खुलाउनु पर्नेछ ।

 

 

 

गैरआवासीय नागरिकता

 

      • क. विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोबास गरेको साविकमा बंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी
        • निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण,
        • सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण,
        • बिदेशी मुलुकको नागरिकता भएको प्रमाण,
        • दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनका सदस्य राष्ट्रबाहेकको देशमा बसोबास गरेको प्रमाण,
        • नेपालको संविधान कानूनको परिपालना गर्ने प्रतिवद्धतापत्र।
        • साविकमा नेपालको नागरिकता लिई नागरिकताको प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैर आवासीय नेपाली


प्रक्रियाहरु

कोठा नं. १६ बाट कार्य सम्पन्न हुने । 

नागरिकता प्राप्तिका लागि स्थानीय तहबाट अनलाइन सिफारिस भई आउनु पर्नेछ ।
अनुसूची साथ पेश भएका प्रमाण पत्रहरु सक्कल प्रति देखाउनु पर्ने हुँदा साथै लिई आउनु पर्नेछ ।

पछिल्लो अपडेट गरिएको : 2083-01-17 09:13:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .