Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

नागरिकता तथा प्रतिलिपी शाखा कोठा नं. १६


प्रमुख सेवाहरु

नयाँ तथा प्रतिलिपी नागरिकता वितरण


अन्य जानकारी

क) वंशज नेपाली नागरिकता प्रमाणपत्रः-

१)फोटो समेत प्रमाणित गरी सिफारिस गरिएको अनुसूची–१ फाराम ।
२) वावुआमाको नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति ।
३) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
४) जन्म मिति खुल्ने शैक्षिक प्रमाणपत्र तथा जन्म दर्ता ।
५) नेपाली नागरिकता प्रमाणपत्रको छायाप्रति सहित सनाखत गर्ने नाता खुल्ने एकाघरको व्यक्ति ।
६) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाणपत्र र पतिको नागरिकता तथा माईती तर्फको वंंशज खुल्ने अभिभावकको नागरिकता ।
७) वसाई सरी आएकाको हकमा वसाई सराईको प्रमाणपत्र र जग्गाधनी प्रमाण पूर्जा । आवश्यक परे अभिलेख माग गर्ने ।
८) कर्मचारी परिवारको हकमा सम्वन्धित कार्यालयको सिफारिश पत्र र कर्मचारी परिचय पत्रको छायाप्रति समेत ।
९) विदेशमा जन्मेकाको हकमा सो को प्रमाणपत्र ।
१०) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

(ख) वैवाहिक अंगिकृत नागरिकता प्रमाणपत्र महिलाका लागिः-

१) फोटो समेत प्रमाणित गरिएको अनुसूची–७ फाराम 
२) विवाह दर्ता प्रमाण र सपथ पत्र
३) सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण तथा हुलाक रसिद ।
४) सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र ।
५) हालसालै खिचिएकोे फोटो ४ प्रति ।
६) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

(ग) ना.प्र.प.को प्रतिलिपीः-

१) फोटो समेत प्रमाणित गरीएको अनुसूची–२ फाराम (ना.प्र.प.नं. र जारी मिति खुलाउने) 
२) हालसालै खिचिएकोे फोटो ४ प्रति । सनाखत गर्नु पर्ने अवस्थामा सनाखत गर्ने व्यक्ति र निजको नेपाली प्रमाणपत्रको छायाप्रति ।
३) पतिको नाम राखी प्रतिलिपी लिनु पर्दा सक्कल ना.प्र.प., विवाहदर्ता प्रमाणपत्र, पतिको ना.प्र.प. को छायाप्रति र सनाखत, 
४)अन्य जिल्लावाट विवाह÷बसाइसराइ गरी आएको हकमा उक्त जिल्लावाट नागरिकता लिए नलिएको अभिलेख, वसाई सरी आएकोमा वसाई सराईको प्रमाणपत्र र साविक जिल्लाको अभिलेख 
५) अभिलेख झुत्रो भै तथा फेला नपरेको हकमा अभिलेखको प्रकृती हेरी नयाँ जारी तथा पुरानो सक्कल ना.प्र.खिची प्रतिलिपी जारी हुने ।
६) संशोधन सहित प्रतिलिपी जारी गर्न पर्दा संशोधनका लागि आवश्यक प्रमाणहरु संलग्न हुनु पर्ने ।
७) नागरिकताको सामान्य संशोधन प्रचलित कानून अनुसार हुने ।
८) थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै   ।

 

 



कर्मचारी विवरण

पछिल्लो अपडेट गरिएको : 2081-11-29 19:17:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers