| कोठा नं | 16 |
|---|
नयाँ तथा प्रतिलिपी नागरिकता वितरण
बंशजको नाताले नेपाली नागरिकता बनाउन
(३) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले
(४) संवत् 2072 साल असोज 3 गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने
(५) नेपालको नागरिक आमावाट नेपालमा जन्म भई नेपालमा नै वसोवास गरेको र वावुको पहिचान हुन नसकेको सोह्र वर्ष उमेर पूरा भएको व्यक्तिले;
* (३ग) ऐनको दफा ३ को उपदफा (६) बमोजिम वंशजको आधारमा नेपालको नागरिकता लिन चाहने सोह वर्ष उमेर पूरा भएको व्यक्तिले देहायका कागजात संलग्न राखी अनुसूची-१ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछः-
(क) जन्मदर्ता प्रमाणपत्र,
(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र वा आमा नेपाली नागरिक रहेको प्रमाण,
(ग) बाबुको नेपाली नागरिकताको प्रमाणपत्र,
(घ) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।
(४) उपनियम (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनको सम्बन्धमा थप कुरा बुझ्नु पर्ने भएमा आवश्यकता अनुसार *. प्रहरी प्रतिवेदन माग गर्न सकिनेछ ।
(५) उपनियम (१), (३), (३क), (३ख) वा (३ग) बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक वंशजको नाताले नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई वंशजको नाताले नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।
(६) पितृत्व र मातृत्वको ठेगान नभएको व्यक्तिको नागरिकताको प्रमाणपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई निजले प्राप्त गर्ने नागरिकताको प्रमाणपत्रमा बाबु र आमाको नाम उल्लेख गर्नुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी खाली राख्नु पर्नेछ । तर निजको संरक्षक भएमा नागरिकता प्रमाणमा संरक्षणको नाम थर र ठेगाना खुलाउनु पर्नेछ।
(७) यो नियम प्रारम्भ हुनुभन्दा अघि समयसमयमा खटिएका नागरिकता टोलीले तयार गरेको दर्ता अभिलेख र वितरण गरेको अस्थायी निस्सालाई समेत आधार लिई नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ ।
(८) उपनियम (२) बमोजिम नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न निवेदन दिने व्यक्तिहरूको सूची सोही दिन सार्वजनिक गर्नु पर्नेछ ।
* (९) ऐनको दफा ८ को उपदफा (३क) को प्रयोजनको लागि प्रमुख जिल्ला अधिकारीले परिवारको सदस्यलाई कार्यालयमा झिकाई सनाखत गर्न लगाउनेछ ।
वैवाहिक सम्बन्धको आधारमा अङ्गीकृत नागरिकता प्राप्त गर्न आवश्यक कागजातहरु
अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्न आवश्यक कागजातहरु
(क) जन्म दर्ता प्रमाणपत्र,
(ख) बाबु वा आमामध्ये कुनै एकले जन्मको आधारमा प्राप्त गरेको नागरिकताको नेपाली प्रमाणपत्र,
(ग) बाबु वा आमाको मृत्यु भएको भए मृत्यु दर्ता प्रमाणपत्र
(घ) जन्मस्थान, नाता र निज नेपालमा स्थायी बसोबास गरेको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
(ङ) बाबु वा आमा सम्पर्कविहीन भएको भए सोको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
(च) बाबु वा आमाको मृत्यु भएको वा सम्पर्कविहीन भएको भए अनुसूची-७ख. बमोजिमको ढाँचामा निजले प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा ।
(३) नेपालको नागरिक आमाबाट विदेशमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको, विदेशको नागरिकता वा राहदानी नलिएको र बाबुको पहिचान नभएको सोह वर्ष उमेर पूरा भएको व्यक्तिले अङ्गीकृत नेपाली नागरिकता लिन चाहेमा देहायका कागजात संलग्न राखी अनुसूची-७ बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ :-
(ख) आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
(ग) निजको जन्म भएको मुलुक, स्थान र जन्म सम्बन्धी विवरण खुल्ने कागजात,
घ) नेपालमा स्थायी बसोबास गरेको र निजको बाबुको पहिचान नभएको व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस,
(ङ) विदेशी मुलुकको नागरिकता वा राहदानी नलिएको भनी निजले र निजको आमाले अनुसूची-७क. बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारीसमक्ष गरेको स्वघोषणा ।
(4) अङ्गीकृत नेपाली नागरिकता प्राप्त गरेको व्यक्तिको सन्तानमध्ये निजले सो नागरिकता प्राप्त गर्नुभन्दा पहिले जन्मेका सन्तानले अङ्गीकृत नेपाली नागरिकता प्राप्त गर्न चाहेमा अनुसूची-७ बमोजिम सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिन सक्नेछ ।
(5) वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गरेको कुनै व्यक्तिको बावु विदेशी रहेको ठहरेमा र निजले वायुको नामबाट विदेशको नागरिकता नलिएको भएमा वशजको आधारमा प्राप्त गरेको नागरिकतालाई अङ्गीकृत नेपाली नागरिकतामा परिणत गर्न बावु विदेशी ठहरेको पैतीस दिनभित्र देहायका कागजात संलग्न गरी अनुसूची-८क. बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनु पर्नेछ-
(क) आमाको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
(ख) वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्रको सक्कल,
(ग) निज नेपालमा वसोवास गर्दै आएको व्यहोरा खुल्ने गरी स्थानीय तहले गरिदिएको सिफारिस,
(घ) बाबु विदेशी रहेको व्यहोरा खुल्ने कागजात,
(ङ) बाबुको नामबाट विदेशको नागरिकता नलिएको भनी अनुसूची-८ख.बमोजिमको ढाँचामा प्रमुख जिल्ला अधिकारी वा निजले तोकेको अधिकृत समक्ष गरेको स्वघोषणा ।
(6) प्राप्त निवेदन उपर छानविन गरी निवेदकले वंशजको नाताले प्राप्त गरेको नागरिकताको प्रमाणपत्र खिची निजलाई अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिनेछ ।
(7) अङ्गीकृत नेपाली नागरिकता प्रदान गर्दा नागरिकताको प्रमाणपत्र तथा सोको अभिलेखमा पहिले वंशजको आधारमा नेपाली नागरिकता पाएको मिति तथा नागरिकता नम्बर र अङ्गीकृत नेपाली नागरिकतामा परिणत भएको व्यहोरा समेत खुलाउनु पर्नेछ ।
गैरआवासीय नागरिकता
नाबालक परिचयपत्र प्राप्त गर्ने :
(१) नाबालक परिचयपत्र प्राप्त गर्न देहायका कागजातसहित अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ :-
(क) नाबालकको जन्म दर्ता प्रमाणपत्र,
(ख) बाबु वा आमाको नेपाली नागरिकताको प्रमाणपत्र,
(ग) जन्मस्थान र नाता खुल्ने गरी सम्बन्धित स्थानीय तहले गरिदिएको सिफारिस ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ८ को उपदफा (१) को खण्ड (ग) बमोजिमका नाबालकको नाबालक परिचयपत्र प्राप्त गर्न देहायका कागजातसहित अनुसूची-१३ बमोजिमको ढाँचामा सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिनु पर्नेछ:-
(क) नाबालकको जन्म दर्ता प्रमाणपत्र,
(ख) बालमन्दिर, अनाथालय जस्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त संस्थामा हुर्केको भए त्यस्तो संस्थाको सिफारिस र सोको आधारमा सम्बन्धित स्थानीय तहले गरेको सिफारिस,
(ग) कानूनी संरक्षकद्वारा हुर्काइएको भए त्यस्तो संरक्षकले गरेको सनाखतसहित निजको नागरिकताको प्रमाणपत्र र सम्बन्धित स्थानीय तहको सिफारिस,
(घ) अन्य तरिकाले हुर्केको भए सो व्यहोरा खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस ।
(३) उपनियम (१) वा (२) बमोजिम प्राप्त हुन आएको निवेदन उपर प्रमुख जिल्ला अधिकारीले आवश्यक विवरण यकिन गरी व्यहोरा मनासिब भएमा अनुसूची-१४ बमोजिमको ढाँचामा नावालक परिचयपत्र जारी गर्नेछ ।
(४) पितृत्व र मातृत्वको ठेगान नभएको नाबालकको नाबालक परिचयपत्र जारी गर्दा कार्यालयको अभिलेखमा निजको पितृत्व र मातृत्वको ठेगान नभएको व्यहोरा जनाई निजले प्राप्त गर्ने नाबालक परिचयपत्रमा बाबु र आमाको नाम उल्लेख गर्नुपर्ने स्थानमा कुनै व्यहोरा उल्लेख नगरी खाली राख्नु पर्नेछ ।
तर निजको संरक्षक भएमा नाबालक परिचयपत्रमा संरक्षकको नाम, थर र ठेगाना खुलाउनु पर्नेछ।
(५) ऐन तथा यो नियमावली बमोजिम जारी भएको नाबालक परिचयपत्र देहायको अवस्थामा कायम रहने छैन :-
(क) नाबालक परिचयपत्र प्राप्त गरेको व्यक्तिको उमेर सोह्र वर्ष पूरा भएमा,
(ख) झुट्टा विवरण पेस गरी नावालक परिचयपत्र प्राप्त गरेको पाइएमा,
(ग)नावालक परिचयपत्र प्राप्त गरेको व्यक्तिले कुनै विदेशी मुलुकको नागरिकता वा राहदानी वा राष्ट्रियता जनिने कुनै प्रमाणपत्र प्राप्त गरेको भएमा ।
(६) ऐन तथा यो नियमावली विपरीत कसैले झुट्टा विवरण पेस गरी नाबालक परिचयपत्र बनाएको पाइएमा सम्बन्धित