| SN | Service Detail | Documents | Procedures | |||||||||||||||||||||||||||||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
| 1 |
Citizen Service Charter of the Citizenship and Copy (Duplicate) Section |
|||||||||||||||||||||||||||||||||||||||||||
|
Citizenship by Descent in Nepal (1) If Father or Mother is a Nepali Citizen A person who has completed 16 years of age and whose father or mother is a Nepali citizen can apply for citizenship by descent with the following documents: Application form (as per Schedule-1) Citizenship certificate of father or mother, or of relatives within three generations Birth certificate or recommendation from the local level confirming birthplace and relationship Relationship verification certificate (if using relatives’ citizenship within three generations) Academic certificate (if available) If documents are not available: Local inquiry report (Sargamin) conducted in presence of local representatives (as per Schedule-3) Identification (Sanakhat) by at least two local citizens and one local official (as per Schedule-4) Note: Authorities may conduct further investigation if identification seems suspicious. ? (2) Person with Unknown Parents (Found within Nepal) A person aged 16 years or above who does not know their parents can apply with: Application form (Schedule-1) Recommendation from an orphanage/childcare institution (if raised there) Recommendation from local government Identification by legal guardian (if applicable) Academic certificate (if available) ? (3) Children of Parents Who Obtained Citizenship by Birth (Before 2072/2015) If both parents are Nepali citizens: Application form Birth certificate Citizenship certificates of both parents Recommendation from local authority confirming relationship and birthplace Academic certificate (if available) ? (4) Person Born to Nepali Mother (Father Unknown) For a person aged 16+: Application form Birth certificate Mother’s citizenship certificate Recommendation from local authority Proof that father is unidentified (including self-declaration) If the mother is deceased or mentally unfit, additional documents like death certificate or medical proof are required. ? (5) Citizenship by Descent under Special Provision (Section 3(6)) Required documents: Birth certificate Mother’s citizenship or proof of Nepali nationality Father’s citizenship certificate Recommendation from local authority ? Citizenship by Marriage (Naturalized Citizenship) A foreign woman married to a Nepali citizen can apply with: Application form (Schedule-7) Proof of marriage (local authority recommendation) Valid visa (if required) Proof of process of renouncing foreign citizenship ? Naturalized Citizenship (Other Cases) Includes: Children born to Nepali mother married to a foreigner Persons born abroad but residing in Nepal Persons whose father is later confirmed as foreign Required documents: Mother’s citizenship certificate Birth certificate Proof of permanent residence in Nepal Self-declaration of not holding foreign citizenship ? Non-Resident Nepali (NRN) Citizenship For persons who: Previously held Nepali citizenship (self or parents/grandparents) Now hold foreign citizenship (except SAARC countries) Required: Proof of previous Nepali citizenship Foreign citizenship certificate Proof of residence abroad Commitment to follow Nepal’s laws ? Minor Identity Card (Below 16 Years) Required documents: Birth certificate Citizenship of father or mother Recommendation from local authority ? Key Points Citizenship is issued only after 16 years of age Applications are submitted to the Chief District Officer (CDO) If documents are missing, local verification and witness identification are used |
कोठा नं. १६ बाट कार्य सम्पन्न हुने । नागरिकता प्राप्तिका लागि स्थानीय तहबाट अनलाइन सिफारिस भई आउनु पर्नेछ । |
||||||||||||||||||||||||||||||||||||||||||
| 2 |
Passport |
|||||||||||||||||||||||||||||||||||||||||||
|
साधारण विद्युतीय राहदानी रीतपूर्वक भरिएको बारकोड सहितको विद्युतीय राहदानी फारम । नेपाली नागरिकताको प्रमाणपत्र सक्कल नेपाली नागरिकताको प्रमाण पत्र प्राप्त व्यक्तिको हकमा राष्ट्रिय परिचयपत्र वा परिचयपत्र नम्बर खुल्ने प्रमाण। बसाइ सरेको हकमा बसाइसराई र विवाहको हकमा विवाहदर्ता सक्कल कर्मचारीको हकमा कार्यालयको सिफारिस पहिले राहदानी लिएको भए सोको सक्कल माथी उल्लेखित कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण(Bio-matric) दिएको हुनुपर्नेछ। नाबालकको हकमा नाबालक परिचयपत्र राहदानी वितरण मोबाइलमा म्यासेज आएपछि सक्कल नागरिकता र नगदी रसिद लिई सम्वन्धित निवेदक स्वयम् उपस्थित हुनु पर्ने । राहदानीमा विवरण संशोधन/त्रुटी सुधार राहदानीको फारम भर्दा विवरणमा त्रुटी भई सुधार गर्नुपर्ने भएमा कार्यालयमा निवेदन पेश गर्नुपर्ने । त्रुटी सुधार गर्दा समेत नयाँ राहदानी बनाए सरह नै राजश्व लाग्ने । नाबालक परिचयपत्र गा.पा/न.पा. को सिफारिश (जन्ममिति खुलाई फोटो समेत प्रमाणित गरीएको) । नाता प्रमाणितको प्रतिलिपी । बाबुआमाको ना.प्र.प. र विवाह दर्ताको प्रतिलिपि। जन्मदर्ता प्रमाण पत्र । र विदेशमा जन्म भएकालाई सो को प्रमाण र सम्बन्धित क्याम्पको पत्र । आवश्यक परेमा वसाई सराई, आदि । थप बुझ्नु पर्ने भएमा स्थानीय निकायको मुचुल्का वा प्रहरी सर्जमिन वा दुवै । धर्मपुत्र/धर्मपुत्रीद्वारा संरक्षित नाबालकका हकमा बाबुआमाको महलमा जन्मदिने बाबुआमाकै नाम राखिने हुँदा बाबुआमाको ना.प्र.प. र संरक्षकको महलमा अदालतद्धारा धर्मपुत्र/धर्मपुत्री ग्रहण गर्ने प्राप्त अनुमती र ना.प्र.प. |
कोठा नं. १७ बाट कार्य सम्पन्न हुने । सक्कल कागजात सहित निवेदक स्वयम् उपस्थित भई जैविक विवरण (Bio-matric) दिएको हुनुपर्नेछ। |
||||||||||||||||||||||||||||||||||||||||||
| 3 |
Mudda citizen's charter |
|||||||||||||||||||||||||||||||||||||||||||
|
दुषित खाद्य पदार्थ सम्वन्धी मुद्दाः- खाद्य निरिक्षक मार्फत जिल्ला सरकारी वकील कार्यालयको राय लिई मुद्दा दायर हुने । कालो बजार सम्वन्धी मुद्दाः- जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता गरि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । सार्वजनिक अपराध (सार्वजनिक शान्ति विरुद्धको कसुर, सार्वजनिक अधिकारको अख्तियारीको अवज्ञा सम्वन्धी कसुर, सार्वजनिक हित र नैतिकता):- जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । पशुपंक्षी सम्वन्धी कसुरः- जिल्ला प्रहरी कार्यालयको अनुशन्धान पछि जिल्ला सरकारी वकील कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । बजार अनुगमनः- खाद्य तथा गुण नियन्त्रण कार्यालय/घरेलु तथा साना उद्योग कार्यालय/जिल्ला प्रशासन कार्यालयबाट बजार अनुगमन गर्दा म्याद समाप्त भएका खाद्य सामग्री विक्रि वितरण सम्वन्धी कसुरमा अनुसन्धान गरि जिल्ला सरकारी वकील कार्यालय मार्फत जिल्ला अदालतमा अभियोग दर्ता गर्ने । मुद्दाको मिसिल नक्कल मागः- निवेदन र आफ्नो परिचय खुल्ने कागज |
कोठा नं. १९ बाट काम सम्पन्न हुने । उजुरीहरु जिल्ला प्रशासन कार्यालयमा वा जिल्ला प्रहरी कार्यालय मार्फत उजुरी दर्ता हुने । जिल्ला प्रहरी कार्यालयको अनुसन्धान पछि जिल्ला न्यायाधिवक्ताको कार्यालयबाट अभियोग प्राप्त भएपछि मुद्दा दायर हुने । |
||||||||||||||||||||||||||||||||||||||||||
| 4 |
Account Citizen's Charter |
|||||||||||||||||||||||||||||||||||||||||||
|
(क) क्षतिपुर्ति रकम वितरण (परराष्ट्र मन्त्रालय मार्फत विदेशवाट प्राप्त हुने रकम मृतकका हकदारलाई)ः- १) हकदारको निवेदन २) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति ३) मृतकको राहदानीको छांयाप्रति र मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति ४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज ५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश (ख) विपद् प्रकोप व्यवस्थापन विपद प्रभावितलाई राहतः १) विवरण खुलेको सम्वन्धित पिडीत व्यतिmको निवेदन २) संवन्धित गा.पा./न.पा.को सिफारिश ३) प्रहरी कार्यालयवाट भएको सक्कल मुचुल्का पत्र ४) पहिचान खुल्ने प्रमाण पत्रको छाँयाप्रति ५) मृतकको हकमा मृत्यूदर्ताको प्रमाणपत्र, नजिकको हकदारसंगको नाता प्रमाणित । (ग) राजस्व लिने (हात हतियार नविकरण, नामसारी, संस्था दर्ता, नविकरण, लाइसेन्स, जरिवाना, परीक्षा, दण्डसजाय आदि)ः- १) राजश्व एकिन गर्न प्रमाण पत्र, लाइसेन्स, फाराम, कर चुक्ता गरेको प्रमाण परिचयपत्र पेश गर्नुपर्ने (घ) तेश्रो पक्ष विमाः- १) हकदारको निवेदन २) मृतक र हकदारको नागरिकताको प्रमाणपत्रको छांयाप्रति ३) मृतकको मृत्यु दर्ता प्रमाण पत्रको छायांप्रति ४) हकदार र मृतक संगको नाता प्रमाणितको कागज ५) सम्वन्धित गा.पा./न.पा.को सिफारिश ङ) जग्गा अधिग्रहणमा परेकोमा दिइने मुअव्जाः- १) निवेदन २) मुआव्जा दिने भनि गरेको निर्णय र सम्बन्धीत निकायबाट रकम प्राप्त भए पछि ३) जग्गाधनी प्रमाणपत्रको छायाप्रती ४) नागरिकताको छायाप्रति |
कोठा नं. ४ बाट सेवा प्रवाह हुने । लेखिए अनुसारका सबै सक्कल कागजातहरु देखाउनु पर्ने । |
||||||||||||||||||||||||||||||||||||||||||
| 5 |
Adminstration citizen's charater |
|||||||||||||||||||||||||||||||||||||||||||
|
क)गुनासो वा ठाडो उजुरीः- १) सम्पूर्ण विवरण खुलेको निवेदन । २) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) । ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः- १) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी । २) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) । ३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी । ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि । ५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः- १) सम्वन्धित व्यतिmको निवेदन । २) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी । ३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण ४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि । ५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । घ) अन्य व्यहोरा प्रमाणितः- १) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात । २) गा.पा./न.पा.को सिफारिस । ३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का । ङ) संस्था दर्ताः- १. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र । २. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत । ३ प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी । ४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) । च) संस्था नविकरणः- १ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी । २ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली । ३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी । ४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण । ५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन । ६ आउने आ.ब.को कार्य योजना छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः- १ निवेदन । २ कार्य समितिको निर्णयको प्रतिलिपि । ३ संस्था दर्ता प्रमाण पत्र । ज) संस्थाको विधान संशोधनः- १. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी । २. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) । ३. स्वीकृत विधानको प्रतिलिपी । ४. गा.पा./न.पा.कोे सिफारिश पत्र झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः- १. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र । २. विधानको प्रतिलिपी । ३. कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको सिफारिस । ४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी ५. कर चुक्ता प्रमाण । ञ) पत्रपत्रिका दर्ताः- १. अनुसूची–४ अनुसारको दरखास्त । २. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो । ३ सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा । ४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ | ५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि चाहिने ) ६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको ना.प्र.पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । ७. कर तिरेको प्रमाण । ट) छापाखाना दर्ताः- १.अनुसूची–१ अनुसारको दरखास्त । २ छापाखाना संचालककोे नागरिकता र फोटो । ३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा । ४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण । ५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी । ६. कर तिरेको प्रमाण । ठ) बादी परिचयपत्रः- १. निवेदन (नमूना बमोजिमको) २. नागरिकताको छायाप्रति ३ गा.पा./न.पा.को सिफारीस ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः- १.निवेदन (नमूना बमोजिमको) २ हातहतियार इजाजत पत्र (हतियार समेत) । ३. नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस । ४. स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस । ढ) शान्ति सुरक्षाः- १. यथार्थ विवरण सहितको निवेदन । २. नागरिकताको छायाप्रति । ण) नाम, जन्ममिति र थर सच्याउनेः- १) एस.एल.सी. परीक्षा उर्तिण भै प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन २) सम्वन्धित गा.पा./न.पा.को सिफारिश ३) विद्यालयको सिफारिस र फोटो २ प्रति ५) ना.प्र. पत्रको फोटोकपी । ६) शिक्षा विकास तथा समन्वय इकाईको पत्र । ७) शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी त) CC TV/Camera जडान जानकारी- १. CC TV/Camera जडान गरेको १५ दिन भित्र अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पठाउने । थ) RPA/Drone उडान अनुमति लिने सम्वन्धमाः- १. तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन । २. दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने । ३. नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हममा भन्सार विजक । ४. उडान उपकरण सञ्चालनको उद्देश्य । ५. उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ । ६. नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र ७. उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ । ८. विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter) ९. RPA उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa १०. शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता । |
कोठा नं. ७ बाट काम हुने । नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने । |
||||||||||||||||||||||||||||||||||||||||||
| 6 |
Civil Service Charter of National Identity Card Branch |
|||||||||||||||||||||||||||||||||||||||||||
|
क. राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता गराउन १. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल २. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म ३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस ४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि ५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र ६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य । ख. राष्ट्रिय परिचय पत्र वितरणः १. राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभाग, काठमाडौंबाट प्राप्त भएपछि |
संलग्न कागजातहरु सहित निवेदन भरी कोठा नं. १२ मा आफ्नो बायोमेट्रिक औठाछाप र सहिछाप दिने । |
||||||||||||||||||||||||||||||||||||||||||
© All Rights Reserved to District Administration Office, Bardiya .