8 महिना अगाडी
2082-05-15
तस्बिर :
मिति २०८२ भदौ १५ गते आइतवारका दिन बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री सुरेन्द्र पौडेलको अध्यक्षता र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालका अध्यक्ष श्री लीला देवी गडतौलाको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालय, बर्दियाको सभाहलमा स्थानीय तहका जनप्रतिनिधि तथा अन्य सरोकारवालाहरुसँग आयोगको काम कारवाही तथा छानविनमा समन्वय सम्बन्धी विषयमा छलफल कार्यक्रम सम्पन्न भएको। उक्त कार्यक्रममा बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग, नेपालका अध्यक्ष, सदस्य, सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, स्थानीय तहका प्रमुख र उपप्रमुख, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो।