Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

राष्ट्रिय परिचयपत्र कार्ड बनेकाहरुले लैजाने सम्बन्धमा ।

2080-10-09

2080-10-09


यस कार्यालयमा हालसम्म २०,८१२ जनाको राष्ट्रिय परिचयपत्र कार्डहरु विभागबाट प्राप्त भई वितरण कार्य भइरहेको छ । विभागमा बुझ्दा छ्यासमिस गरी छपाई भइरहेको र बाँकीको पठाउने क्रममा रहेको भनी जानकारी प्राप्त भएको छ।

?️जो-जसको मोबाइलमा Dear..............., Your NID Card has been received at the DAO BARDIYA. You can collect your card within office hours. Best regards, DoNIDCR भन्ने म्यासेज आएको छ उहाँहरुले विवरण दर्ता गराउने क्रममा यस कार्यालयबाट तपाईलाई दिइएको भर्पाई/स्लिप वा मोबाइलमा आएको म्यासेज लिई स्वयम व्यक्ति उपस्थित भई यस कार्यालयको कोठा नं. १२ बाट राष्ट्रिय परिचय-पत्र कार्ड प्राप्त गर्न सक्नुहुनेछ ।

------ राष्ट्रिय परिचय पत्र बितरण संवन्धी थप जिज्ञासा र जवाफ !

?️ राष्ट्रिय परिचयपत्रको विवरण दर्ता नगराउनु भएकाहरुले जिल्ला प्रशासन कार्यालय गुलरिया र इलाका प्रशासन कार्यालय राजापुर तथा बाँसगढीमा गई विवरण दर्ता गराउनुहुन ।
?️ जिल्ला प्रशासन कार्यालय गुलरिया मै आएर फोटो खिचाएकाहरुको मात्र कार्ड आएको छ , वडाहरुमा खिचाएकाहरुको आएको छैन , अलि पछि आउन सक्छ , आए पछि हामी जानकारी गराउने छौ ।
?️ प्रत्येक बट्टा बार कोड स्क्यान गरेर मात्र खोल्नुपर्छ , त्यस पछि activate भएको छ छै technically check गर्नुपर्छ । बट्टा खुले पछि मात्र उक्त बट्टामा रहेका कार्ड धनिहरुको नाम थाहा हुन्छ जस्को नत middle name ( प्रसाद , बहादुर ..) छ न ठेगाना नै त्यसैले हामिले पनि पूरा बिवरण खुलाउन नसकेका हौ !! सोही अनुसार तपाईलाई यति गतेसम्मको कार्ड प्राप्त भयो भनी सूचना गर्न नसकेका हौ ।
?️ कुन मितिसम्मको आयो ? यस्को पनि उत्तर दिन सकिने गरि कार्डहरु प्राप्त भएको छैन , छ्यास्मिस छ ।
?️मैले खिचाएको एति बर्ष भयो , उति बर्ष भयो , किन आए न भन्ने जस्ता तपाईका प्रश्नहरु जायज छ्न ! तर हामीसँग यसको उत्तर नै छैन ! प्राप्त बट्टाहरुमा फोटो खिचाएको समय र नाम अघिको अल्फाबेट कुनैको ब्यवस्थित क्रम ( time & Alphabetical order ) नै छैन , छ्यासमिस छ ।
?️ जुन जिल्लाबाट फोटो खिचाउनु भएको छ , कार्ड त्यही जिल्लाबाट पाउन सक्नुहुनेछ ।
?️ तपाईको कार्डको कुनै बिवरण सच्याउनु परे सच्याउन सकिन्छ , यस्का लागि रु ५०० राजस्व लाग्छ र आवस्यक प्रमाणहरु सक्कलै चाहिन्छ।
?️बिदेशमा भएकाले नेपाल आएका बखत सम्पर्क राख्नुहुने छ ! ब्याक्ती स्वयमको फिङर पृन्ट मेशिनले म्याच गरेपछी मात्र कार्ड दिने प्रबिधी छ । त्यसैले अरुले बुझ्ने संभावना नै छैन ।
?️प्रत्येक कार्डको मेशिनले फिङर पृन्ट म्याच गर्नु पर्ने भएकोले वडा बाट बितरणको संभावना नै छैन किनकी प्रत्येक वडामा सफ्टवेयर चलाउने , फिङर पृन्ट म्याच गर्ने गरि मेशिन पठाउन सकिने संभावना नै छैन ।

Note : माथीको संदेश दोहोर्याएर अध्ययन गर्नुहोस , तपाईको प्रश्नको जवाफ त्यही भित्र छ ।

धन्यबाद ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .