लुबाट बच्नका लागि जिल्ला प्रशासन कार्यालय, बर्दियाको अनुरोध
2080-03-02
2080-03-02
जिल्ला प्रशासन कार्यालय, बर्दियाको अनुरोध ।
केही दिनदेखि जिल्लामा अत्यधिक गर्मी बढेसँगै तातो हावा (लु) चलिरहेकाले उच्च सतर्कता अपनाउन तपसिल बमोजिमका सावधानीहरु अपनाउन सम्पूर्ण जिल्लाबासीहरुमा हार्दिक अनुरोध छ।
- सम्भव भएसम्म घर बाहिर ननिस्कौँ । बाहिर निस्कनै परे पातलो कपडाले टाउको छोप्ने वा छाता ओढ्ने,
- बालबालिका, अशक्त, अपाङ्ग, गर्भवती महिलाहरु सकेसम्म घर बाहिर ननिस्कने ।
- फलफूलको रस, कागती पानी, नरिवल पानी वा पानी पिउने,
- धेरै पसिना आएमा जीवनजल पिउने,
- चिसो पानीले नुहाउने,
- खेतबारीमा कामकाज सकभर बिहान वा बेलुका गर्ने,
- चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने,
- चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने ।
- चिल्लो पिरो खानेकुरा कम खाने ।
- तातो हावाले आँखा पोल्छ । त्यसैले गर्मीमा हिड्दा सन ग्लासेस लगाउने
- धुम्रपान मद्यपानको सेवन नगर्ने,
- घाममा धेरै नबस्ने
