Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

जिल्ला प्रशासन कार्यालय बर्दियाको अत्यन्त जरुरी विपद् सम्बन्धी सूचना।

8 महिना अगाडी

2082-06-18


मिति २०८२ साल असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारी देखि अति भारी बर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा बर्षा समेत भैरहेको हूँदा बाढी, डुबान, कटान र पहिरो जस्ता प्राकृतिक प्रकोपहरूबाट जनधनमा ठूलो क्षति हुने सम्भावना बढेको छ। यस प्रकारको विपद्‌को व्यवस्थापन र जनसुरक्षाको सुनिश्चितता गर्नका लागि जिल्ला प्रशासन कार्यालय, बर्दियाले नेपालको संविधान, २०७२ ले प्रत्येक नागरिकलाई सुरक्षित जीवन र वातावरणीय अधिकारको सुनिश्चितताका साथै स्थानीय प्रशासन ऐन, २०२८विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम विशेष सतर्कता अपनाउन हुन यो अत्यन्त जरुरी सूचना जारी गरेको छ।

  • लामो दूरीका सार्वजनिक तथा निजी सवारी साधनहरू तत्कालका लागि नचलाउने
  • आवश्यक परे नजिकैको सुरक्षित स्थलमै मात्र आवागमन गर्न सकिनेछ।
  • जिल्लाबासी सबैलाई घरमै सुरक्षित रहनुहुन, जोखिमयुक्त किनारा, डुबान क्षेत्र, पुल–पुलिया र नदी नजिकका बस्तीमा नजानुहुन
  • विद्यालय, मेला–महोत्सव तथा भीडभाड हुने कार्यक्रमहरू तत्कालका लागि स्थगित गर्ने।
  • बाढी डुबान वा पहिरोको उच्च जोखिम देखिएका क्षेत्रका बासिन्दाहरुले सुरक्षित स्थानको पहिचान गरी तयारी अवस्थामा रहने एवम् स्थानीय तह, सुरक्षा निकाय एवम् संचारका माध्यमहरु सुन्ने तथा हेरि सतर्क रहने।
  • आ-आफ्नो सुरक्षाका लागि प्रत्येक नागरिकले आवश्यक खाद्यान्न, औषधि तथा टर्च, बत्ती जस्ता वस्तु सुरक्षित राख्नुपर्छ।
  • आपतकालीन अवस्थामा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना वा स्थानीय प्रशासनलाई तत्काल खबर गर्नुपर्नेछ।


बर्दिया जिल्लाबासी सबैलाई यस सूचना गम्भीरतापूर्वक पालन गर्न हार्दिक अनुरोध गर्दछौँ। प्रकोप नियन्त्रण र क्षति न्यूनीकरण प्रशासनको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो। सुरक्षित रहनुहोस्, अरूलाई पनि सचेत गराउनुहोस्, प्रशासनसँग सहकार्य गर्नुहोस्।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .