Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

बिहीबार, असार ११, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

२०७५ को शुभ-दिपावली र छठ पर्वमा कानून विपरित कार्य नगर्ने र नगराउने सम्वन्धी सूचना

2075-07-16

2075-07-16


शुभ-दिपावली छठ पर्वको शुभ-उपलक्ष्यमा सम्पुर्ण बर्दिया बासीहरुमा सुख शान्ति एवम् समृद्धिको हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु

 

यात्रुहरुको सहज आवागमन, गुणस्तरीय खाद्यान्न उपलव्धता शान्ति सुरक्षा कायम गर्ने  कार्यमा सहयोग गर्न सम्वन्धित सबैमा जिल्ला प्रशासन कार्यालय बर्दिया हार्दिक अनुरोध गर्दछ

 

सेवाग्राही तथा उपभोक्तालाई दुःख, शास्ती तथा हैरानी दिने वा गैरकानूनी काम भए गरेको अवस्था पाइएकोमा नजिकैको प्रहरीमा जानकारी गराईदिनुहुन समेत अनुरोध गर्दछु

 

कुनै कसैले अनुचित फाईदा लिने मनसायले ठगी गर्ने, कानून मिच्ने, गुणस्तरहिन बस्तु विक्रि गर्ने, खाद्यबस्तुको कृतिम अभाव देखाउने, बढी मूल्य लिने, कमसल माललाई असल माल हो भनि झुक्याई विक्री वितरण गर्ने, कालो बजारी गर्ने, जुवातास खेल्ने खेलाउने जस्ता गैरकानूनी काम नगर्नु नगराउन हुन तथा अनुगमन गर्दा त्यस्तो भए गरेको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा सबैमा जानकारी गराइन्छ साथै दिपावली(तिहार) को अवसरमा भुईचम्फा, पटका, अतिसबाजी लगायत प्रज्वलनशिल तथा विष्फोटनजन्य पदार्थहरुको प्रयोगबाट कुनै पनि किसिमको दुर्घटना हुन सक्ने र अङ्गभङ्ग तथा अपाङ्ग समेत हुन सक्ने हुँदा त्यस्ता पदार्थहरु ओसारपसार, विक्रिवितरण तथा प्रयोग नगर्नु नगराउनुहुन र गरेको पाइएमा कडा कानूनी कारवाही हुने व्यहोरा समेत यसै सूचना द्धारा जानकारी गराइन्छ । साथै तिहारको अवसरमा रातको १० बजे भित्र मात्र देउसीभैलो खेल्नुहुन र होटल व्यवसायीहरुलाई राती ९ बजे पछि मदिराका पसलहरु पूर्णरुपमा बन्द गर्न समेत अनुरोध गरिन्छ ।

पछिल्लो अपडेट गरिएको : 2083-03-11 15:25:12

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया .