बढैयाताल गाउँपालिकाका सबै वडाहरुमा स्टेसन राखी विवरण दर्ता अभियान शुरु
2079-02-13
2079-02-13
मिति २०७९ जेष्ठ १० गतेका दिन बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री बन्धु प्रसाद बास्तोलाज्यूको संयोजकत्वमा राष्ट्रिय परिचयपत्र कार्यक्रम सञ्चालन कार्यविधि, २०७७ को दफा ४७ बमोजिमको जिल्लास्तरीय समन्वय समिति, बर्दियाको बैठक बसी मिति १०७९/०२/१५ गते आइतबारबाट बढैयाताल गाउँपालिकाका सबै वडाहरुमा स्टेसन राखी विवरण दर्ता अभियान शुरु हुने सबैमा जानकारी गराइन्छ ।
विवरण दर्ता गराउन जाँदा निम्न कागजात सहित जानुहुनः
१. नेपाली नागरिकताको प्रमाणपत्रको सक्कल
२. बाबु/आमाको नागरिकताको प्रतिलिपि उपलव्ध भएसम्म
३. नागरिकताको प्रमाणपत्रमा जन्ममिति नखुलेको हकमा सो खुल्ने प्रमाणपत्र वा गाउँपालिका/नगरपालिकाको सिफारिस
४. राहदानी लिएको भए सोको सक्कल वा प्रतिलिपि
५. बसाइँ-सराई गरेकाहरुको हकमा बसाइँ-सराई प्रमाणपत्र
६. विवाहितको हकमा नागरिकतामा पति/पत्नीको नाम उल्लेख नभएमा विवाह दर्ता प्रमाणपत्र अनिवार्य ।
