Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

शुक्रबार, भाद्र १२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

आर्थिक सहयोगका लागि हार्दिक अपिल

२० घण्टा अगाडी २०८३-०५-११

IMG_0011_page_0001.jpg तस्बिर : आर्थिक सहयोगका लागि हार्दिक अपिल

मिति २०८३ साल भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा भएको अकल्पनीय जनधनको क्षतिप्रति जिल्ला प्रशासन कार्यालय, बर्दिया मर्माहत भएको छ।

यस दुःखद् विपद्‌मा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं। साथै, बाढीका कारण घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। सम्पर्कविहीन हुनुभएका नागरिकहरू सकुशल फेला परी छिट्टै आफन्त तथा परिवारजनको सम्पर्कमा आउनुहुने विश्वास व्यक्त गर्दछौं।

विपद्को यस कठिन घडीमा नेपाल सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तत्काल प्रारम्भ गरी निरन्तर तीव्रता दिइरहेको यहाँहरूमा विदितै छ। ठूलो संख्यामा प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गरी तत्कालीन राहतसँगै दीर्घकालीन रूपमा पुनःस्थापना गर्न थप स्रोत र सहयोगको आवश्यकता रहेको छ।

यस विषम परिस्थितिमा विपद् प्रभावित नागरिकहरूको जीवनरक्षा, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष/प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्न आह्वान गरेबमोजिम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका साथ सहयोग गर्न बर्दिया जिल्लाका सम्पूर्ण उद्योगी, व्यवसायी, संघसंस्था, नागरिक समाज, कर्मचारी, पेशाकर्मी तथा आम जिल्लावासीहरूमा हार्दिक अपिल गर्दछौं।

संकटमा परेको नागरिकको पीडामा हाम्रो सानो सहयोगले पनि ठूलो आशा र भरोसा जगाउन सक्छ। त्यसैले आफूले सकेको सहयोग गरौं, विपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीको जीवनमा साथ र सहारा बनौं।

 

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2083-05-11 14:41:25

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया