हाम्रा सेवाहरु 2079-10-15
जनताको माग र आधारभुत आवश्यकता अनुरुप गृह प्रशासनलार्ई सञ्चालन गरी जिल्ला भित्र भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य रहेको छ ।
जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मूलभुत उद्देश्य हो । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गराउने समेतका उद्देश्यहरुका साथ यस कार्यालयका कार्यहरु यस प्रकार छन् ।
जिल्ला भित्रको आन्तरिक सुरक्षा सम्बन्धि नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्याङ्कन,
· शान्ति, सुव्यवस्था तथा कानूनी व्यवस्थाको पालना गर्ने गराउने,
· हातहतियार र खरखजानाको इजाजत नविकरण तथा नियन्त्रण,
· विस्फोटक पदार्थ नियन्त्रण,
· गैरसरकारी संघसंस्था दर्ता, नविकरण,
· कर्मचारी तथा स्थानीय प्रशासन,
· नागरिकता, राहदानी र अन्य परिचयपत्र वितरण,
· उपभोक्ता हक हित संरक्षण, बजार अनुगमन तथा क्षतिपूर्ति सम्बन्धी,
· आप्रबासन तथा प्रवासन,
· तिर्थस्थान र तिर्थयात्री,
· कल्याण धन र बेवारिसे धन,
· चिठ्ठा, जुवा, आदिको नियन्त्रण,
· सार्वजनिक स्थानमा अवाञ्छनिय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण,
· विपद् व्यवस्थापन,
· सार्वजनिक चन्दा संकलनको नियमन र नियन्त्रण,
· लागु औषध नियन्त्रण,
· अन्तराष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन,
