Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, बर्दिया

न्यून व्यान्डविथ Invert Color A- A A+

हाम्रा सेवाहरु 2079-10-15

जनताको माग र आधारभुत आवश्यकता अनुरुप गृह प्रशासनलार्ई सञ्चालन गरी जिल्ला भित्र भरपर्दो शान्ति सुरक्षा प्रदान गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य रहेको छ ।

                जिल्लामा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मूलभुत उद्देश्य हो । यसका साथै जिल्लामा नेपाल सरकारको प्रतिनिधिको रुपमा रही सार्वजनिक सेवा वितरण (Public Service Delivery) लाई प्रभावकारी बनाई सुशासनको प्रत्याभूति गराउने समेतका उद्देश्यहरुका साथ यस कार्यालयका कार्यहरु यस प्रकार छन् ।

        जिल्ला भित्रको आन्तरिक सुरक्षा सम्बन्धि नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मुल्याङ्कन,

·         शान्ति, सुव्यवस्था तथा कानूनी व्यवस्थाको पालना गर्ने गराउने,

·         हातहतियार र खरखजानाको इजाजत नविकरण तथा नियन्त्रण,

·         विस्फोटक पदार्थ नियन्त्रण,

·         गैरसरकारी संघसंस्था दर्ता, नविकरण,

·         कर्मचारी तथा स्थानीय प्रशासन,

·         नागरिकता, राहदानी र अन्य परिचयपत्र वितरण,

·         उपभोक्ता हक हित संरक्षण, बजार अनुगमन तथा क्षतिपूर्ति सम्बन्धी,

·         आप्रबासन तथा प्रवासन,

·         तिर्थस्थान र तिर्थयात्री,

·         कल्याण धन र बेवारिसे धन,

·         चिठ्ठा, जुवा, आदिको नियन्त्रण,

·         सार्वजनिक स्थानमा अवाञ्छनिय व्यवहारको रोकथाम, मादक पदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण,

·         विपद् व्यवस्थापन,

·         सार्वजनिक चन्दा संकलनको नियमन र नियन्त्रण,

·         लागु औषध नियन्त्रण,

·         अन्तराष्ट्रिय सीमा, सीमास्तम्भको सुरक्षा र सीमा प्रशासन,

·         कारागार व्यवस्थापन,

·         संगठित अपराध नियन्त्रण,

·         नागरिक तहमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक एवम् साम्प्रदायिक सामाञ्जस्य र सदभाव कायम गर्न समन्वय तथा सम्वादको वातावरण प्रवर्धन गर्ने,

·         वातावरण वन सरसफाई प्रवर्धन,

·         विविध सिफारिस

·         तालुक निकायबाट तोकिएका तथा अन्य विषयगत कार्यालयहरुलाई नतोकिएको आवश्यक कार्यहरु

·         जिल्लास्तरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको परिचालन गर्ने

·         जिल्लास्तरमा नेपाली सेनासंग सुरक्षा समन्वय गर्ने

·         राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयसंग समन्वय, सूचना संकलन र विश्लेषण गर्ने

·         ड्रोन उडानको अनुमति दिने

·         जिल्ला भित्र हुने विभिन्न कार्यक्रमको अनुमति एवम् उत्सवहरुमा सुरक्षा व्यवस्था मिलाउने

·         विदेशी नागरिकको जिल्लामा उपस्थिति र गतिविधिको नियमन गर्ने

·         जिल्लामा जडान भएका व्यक्तिगत, सस्थागत र सार्वजनिक प्रयोनका सिसि टिभिको लागत राख्ने,

·         जिल्लामा सञ्चालित विकास निर्माण कार्यमा सहयोग, समन्वय तथा सहजिकरण गर्ने,

·         कर्मचारी प्रशासन सम्बन्धि कार्य गर्ने,

·         निर्वाचन सम्बन्धी गृह मन्त्रालय र निर्वाचन आयोगको आदेश निर्देशन कार्यान्वयन गर्ने आदि ।


पछिल्लो अपडेट गरिएको : 2081-11-29 19:17:02

© सर्वाधिकार सुरक्षित जिल्ला प्रशासन कार्यालय, बर्दिया

Powered By: ProActive Developers