Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bardiya

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bardiya

Sunday, Ashadh 07, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

"बर्दियामा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ स्वीकृत"।

18 days ago

2083-02-19


710585733_4471259993150055_4257154854248468848_n.jpg Images :

गुलरिया, बर्दिया, जेठ १९ – बर्दिया जिल्लामा आगामी मनसुनजन्य विपद्को प्रभावकारी व्यवस्थापन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

मिति २०८३ साल जेठ १९ गते, मंगलबार (नेपाल संवत् ११४६ अनलागा २) का दिन बर्दियाका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष श्री गोगन बहादुर हमाल को अध्यक्षतामा बसेको समितिको बैठकले उक्त योजना स्वीकृत गर्ने निर्णय गरेको हो।

“विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४” को दफा १६(१) बमोजिम आयोजित बैठकमा समितिका पदाधिकारी तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

बैठकले आगामी मनसुनको समयमा हुन सक्ने बाढी, डुबान, कटान, चट्याङ, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी, प्रतिकार्य तथा समन्वयात्मक कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३ कार्यान्वयनमा ल्याउने निर्णय गरेको जनाएको छ।

त्यसैगरी बैठकले विपद् व्यवस्थापनसँग सम्बन्धित सबै सरकारी, सुरक्षा, अर्धसरकारी तथा गैरसरकारी निकायहरूलाई आवश्यक जनशक्ति, साधन–स्रोत तथा उद्धार सामग्रीको व्यवस्थापन गरी उच्च सतर्कता र तयारी अवस्थामा रहन निर्देशन दिएको छ। सम्भावित विपद्का घटनामा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्रभावकारी बनाउन आपसी समन्वय र सूचना आदान–प्रदानलाई समेत सुदृढ गर्ने निर्णय गरिएको छ।

जिल्ला विपद् व्यवस्थापन समितिले मनसुन अवधिभर जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन तथा स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित निकायसँग समन्वय गरी विपद् पूर्वतयारीका गतिविधि सञ्चालन गर्न आग्रह गरेको छ।

बैठकबाट मनसुनजन्य विपद्को प्रभाव न्यूनीकरण गर्दै जनधनको क्षति कम गर्ने लक्ष्यका साथ विभिन्न निर्णयहरू पारित गरिएको जनाइएको छ।

Last Updated : 2083-03-05 17:03:04

© All Rights Reserved to District Administration Office, Bardiya .