जिल्ला प्रशासन कार्यालय, बर्दियामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न
Images :
गुलरिया, बर्दिया | मिति: २०८३ साल श्रावण ०४ गते
प्रमुख जिल्ला अधिकारी श्री गोगन बहादुर हमालज्यूको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय, बर्दियामा बर्दिया जिल्लाभित्र कार्यक्षेत्र भएका विभिन्न सरकारी कार्यालयका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा कार्यालय प्रमुखहरूको समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा आर्थिक वर्ष २०८२/८३ मा सम्पादन भएका कार्यक्रम तथा गतिविधिको प्रगति समीक्षा गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ को कार्ययोजना, लक्ष्य तथा प्राथमिकताका विषयमा विस्तृत छलफल गरिएको थियो। त्यसैगरी जिल्लाको समग्र शान्ति सुरक्षा, सुशासन प्रवर्द्धन, विकास निर्माण कार्यको प्रभावकारी कार्यान्वयन, सार्वजनिक सेवा प्रवाहलाई थप सहज, गुणस्तरीय र नागरिकमैत्री बनाउने उपायहरू तथा समसामयिक विषयमा सहभागीहरूबीच रचनात्मक छलफल भएको थियो।
