जिल्ला प्रशासन कार्यालयको कर्मचारी बैठक सम्पन्न, उत्कृष्ट कर्मचारी घोषणा
Images :
जिल्ला प्रशासन कार्यालयको कर्मचारी बैठक सम्पन्न, उत्कृष्ट कर्मचारी घोषणा
मिति २०८३/०४/०६ गते जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुखको अध्यक्षतामा कर्मचारी बैठक सम्पन्न भएको छ।
बैठकमा कार्यालयबाट प्रदान हुने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने, विकास निर्माण सम्बन्धी कार्यको प्रगति, नागरिक गुनासोको समयमै सम्बोधन गर्ने, तालुक निकायबाट प्राप्त निर्देशनहरूको प्रभावकारी कार्यान्वयन तथा आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पादन सम्झौता (Performance Agreement) र यसको कार्यान्वयन सम्बन्धमा विस्तृत छलफल गरी आवश्यक निर्णयहरू गरिएको छ।
कर्मचारीहरूको कार्यसम्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले बैठकले २०८३ साल जेठ महिनाका उत्कृष्ट कर्मचारीका रूपमा कम्प्युटर अपरेटर श्री गंगाराम अधिकारी तथा २०८३ साल असार महिनाका उत्कृष्ट कर्मचारीका रूपमा नायव सुब्बा श्री मोहन शर्मालाई घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालयले उत्कृष्ट कर्मचारीहरूलाई हार्दिक बधाई तथा आगामी दिनमा समेत सेवाप्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सम्पूर्ण कर्मचारीहरूको सक्रिय सहभागिताको अपेक्षा गरेको छ।
