नहरको रेखांकनमा परेका जग्गा प्राप्ति (अधिग्रहण) गर्ने सम्बन्धी सूचना
3 hours ago
2083-03-05
बबई सिंचाइ आयोजना बैदी, बर्दियाको पश्चिमी नहर प्रणाली (गुलरिया खण्ड) चेनेज नं. ३२+०७० कि.मि. देखि चेनेज नं. ४१+४०० कि.मि. भित्र रहेका शाखा नहरहरु क्रमश: चौगुर्जी, तुलापुर, पदमपुर, आशापुर, थपुवा, घुम्नाहा र कालावञ्जर नहरहरु विस्तार तथा निर्माण गर्नुपर्ने भएकोले उक्त क्षेत्र भित्र नहरको रेखांकनमा पर्न गएका कित्ता नम्बरहरुका जग्गा आवश्यक भएको हुँदा स्थायी रुपले जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकृतले पेश गर्नु भएको प्रारम्भिक कारवाहीको प्रतिवेदन अनुसार तपसिल बमोजिमका कि.नं.हरुका जग्गा जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार प्राप्त गर्नुपर्ने भएकोले सोहि ऐनको दफा ९ को उपदफा १ अनुसार दफा १० र ११ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको निमित्त यो सूचना प्रकाशित गरिएको छ।यो सुचना प्रकाशित भएको मितिले सोही ऐनको दफा १० अनुसार १५ दिन भित्र सरोकारवाला ब्यक्तिहरुले मुआब्जा दावी गर्न आ-आफ्नो हकदैया वा भोगचलनको सबुत, निस्सा तथा प्रमाण सहित रितपुर्वक निवेदन यस कार्यालयमा दिनुहोला। तोकिएको म्यादभित्र निवेदन नदिई म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुनेछ। यस विषयमा थप बुझ्नु परेमा यस कार्यालय वा बबई सिंचाइ आयोजना बैदी, बर्दियामा सम्पर्क राख्नुहुन अनुरोध छ।
| Name of File / Title | File Size | Action |
|---|---|---|
|
नहरको रेखांकनमा परेका जग्गा प्राप्ति (अधिग्रहण) गर्ने सम्बन्धी सूचना
2026_06_17_11_52_32_2083_03_04_10_11.pdf |
1.29 MB | View Download |
