मुआब्जा रकम निर्धारण सम्बन्धी सूचना
राष्ट्रिय गौरवको बबई सिंचाइ आयोजना बैदी, बर्दियाको पश्चिमी नहर प्रणाली अन्तर्गत मूलनहरको चेनेज ३२+००० देखि ४१+४००(गुलरिया खण्ड) भित्र रहेका ७ वटा शाखा नहरहरू (चौगुर्जी, तुलापुर, पदमपुर, आशापुर, घुम्नाहा, थपुवा र कालाबन्जार शाखा) विस्तार तथा निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्ति (अधिग्रहण)का लागि मिति २०८३।०३।०४ गतेको गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन भएका तपसिलमा उल्लेखित विवरणको जग्गाहरुको मुआब्जा दर निर्धारणका लागि मिति २०८३/०३/२६ मा जग्गा प्राप्ति ऐन, २०३४ को दफा १३(२) बमोजिमको मुआब्जा निर्धारण समितिको बैठक बसी निम्नानुसार मुआब्जाको दर निर्धारित भएकोले जग्गा प्राप्ति ऐन २०३४ को दफा १८ को प्रयोजनका लागि यो सूचना प्रकाशन गरिएको छ। मुआब्जा रकमका सम्बन्धमा चित्त नबुझ्ने जग्गाधनीले आफ्नो दावीको आधारमा प्रमाणहरु समेत संलग्न राखी यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र नेपाल सरकार गृह मन्त्रालयमा उजुरी गर्न सकिनेछ। मुआब्जा रकम बुझ्न आउदा सम्बन्धित जग्गाधनीले निम्न लिखित सक्कलै कागजात अनिवार्य रुपले ल्याउनु हुन जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ।
१. जग्गाधनी दर्ता प्रमाणपत्र
२. नेपाली नागरिकताको प्रमाणपत्र
३. मालपोत तिरेको रसिद
४. हक प्रमाणित गर्ने आवश्यक प्रमाणहरु
| Name of File / Title | File Size | Action |
|---|---|---|
|
मुआब्जा रकम निर्धारण सम्बन्धी सूचना
मुआब्जा_रकम_निर्धारण_सम्बन्धि_सूचना.pdf |
4.79 MB |
