Turn on Accessibility Mode
Skip to main content Skip to main navigation Skip to website search Skip to website search
Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bardiya

Government of Nepal Logo
Government of Nepal

Ministry of Home Affairs

District Administration Office, Bardiya

Wednesday, Ashadh 03, 2083

Accessibility Menu

भाषा (Website Language)

हालको भाषा अङ्ग्रेजी हो । You're viewing the website in english language

नेपाली भाषामा परिवर्तन गर्नुहोस्

Font Size

Color Mode/Filter

Protanopia (for red-weakness), Deuteranopia (for green-weakness), Tritanopia (for blue-weakness). Learn more

Bandwidth

On low bandwidth mode, images and files will not load making website faster and consumes less data Low Bandwidth

Other Tools

Dedicated accessibility mode focuses on the content than on appearance, menu flatens, sliders unfold

Adminstration citizen's charater

Charge (English)

क) संस्था दर्ताः-     दर्ता शुल्क रु. १०००।-

ख) संस्था नविकरणः--    नविकरण शुल्क रु. ५००।-(बिलम्ब शुल्क नियमानुसार हुने)

ग) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-   प्रमाणपत्रको प्रतिलिपीका लागि रु. ५०।- र विधान प्रतिलिपीका लागि प्रति पानाको रु. १०।- को टिकट ।

घ) पत्रपत्रिका दर्ताः- -     दैनिक रु १,०००।–, अर्ध साप्ताहिक रु ७००।–,  साप्ताहिक रु.   ५००।–, पाक्षिक रु.      ३००।–, मासिक र अन्य  २००।–

ङ) छापाखाना दर्ताः-      दर्ता शुल्क रु. १०००।-

) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः    नामसारी दस्तुर रु.१०००।–,

 

हातहतियार खरखजाना (दशौं संशोधन) नियमावली, २०७८ बमोजिम

२०७८ भाद्र २१ गते राजपत्रमा प्रकाशित

 

सि.नं.

विवरण

इजाजत पत्र दस्तुर (रुपैयामा)

नविकरण दस्तुर (रुपैयामा)

जिल्लाभर

नेपाल भर

जिल्लाभर

नेपाल भर

  •  

पिस्तोल, रिभल्वर वा मिनिएचर राइफल सहित अन्य राइफल प्रत्येकको

५०००।-

६०००।-

३०००।-

४०००।-

  •  

टोटावाल बन्दुक वा मिनिएचर राइफल, प्रत्येकको  (१२ बोर)

४०००।-

५०००।-

२०००।-

३०००।-

  •  

भरुवा बन्दुक प्रत्येकको

३०००।-

३०००।-

१५००।-

२०००।-

  •  

हावादारी बन्दुक प्रत्येकको

२०००।-

२५००।-

१०००।-

१५००।-

 (विलम्ब शुल्क नियमानुसार)

 



Duration (English)

सबै प्रमाण पुगेमा पेश भएकै दिन ।

Documents

क)गुनासो वा ठाडो उजुरीः-
१) सम्पूर्ण विवरण खुलेको निवेदन ।
२) निवेदनलाई पुष्टी गर्ने प्रमाण कागजहरु(उजुरीको प्रकृति हेरी जिल्ला प्रहरी कार्यालय, गा.पा./न.पा. वा सम्बन्धित निकायमा पठाउने, कार्यालयमा दुवैपक्ष झिकाई छलफल गराइ मिलाइने, वुझ्नु पर्ने उजुरीमा पक्ष विपक्षलाई तारेखमा राखेर मिलाइने वा सम्वन्धित निकायमा पठाइने) ।

ख) नाम, थर, उमेर आदि फरक परेको सम्वन्धी प्रमाणितः-
 १) सम्वन्धित व्यक्तिको निवेदन र ना.प्र.प. को प्रतिलिपी ।
२) सम्वन्धित पेन्सन पटृाको प्रतिलिपी (पेन्सनवालाको हकमा) ।
३) सम्वन्धित गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी ।
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

ग) परिवारिक पेन्सन, सपथ पत्र र रहल पहल सम्वन्धी सिफारिशः-
१) सम्वन्धित व्यतिmको निवेदन ।
२) ना.प्र.प. र पेन्सन पटृाको प्रतिलिपी ।
३) गा.पा./न.पा.को सिफारिश र नाता प्रमाणितको प्रतिलिपी तथा पारिवारीक विवरण
४) आवश्यकतानुसार वसाई सराई, जन्मदर्ता, मृत्यु दर्ता आदि ।
५) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

घ) अन्य व्यहोरा प्रमाणितः- 
१) व्यहोरा खुलेको निवेदन र सम्वन्धित प्रमाण कागजात ।
२) गा.पा./न.पा.को सिफारिस ।
३) प्रमाणिकरण गर्न आवश्यक स्थानीय निकाय र प्रहरी समेतको मुचुल्का   ।

ङ) संस्था दर्ताः- 
१. तोकिएको ढांचाको निवेदन र स्थानीय निकायको सिफारिश पत्र ।
२. विधान ४ प्रति, प्रत्येक पानामा प्रवन्ध समितिको पदाधिकारीहरुको दस्तखत ।
३  प्रवन्ध कार्य समितिका पदाधिकारीहरुको नागरिकताको प्रतिलिपी ।
४. प्रहरी प्रतिवेदन (प्रवन्ध समितिका पदाधिकारीहरुको वारेमा) ।

च) संस्था नविकरणः-
१ रित पूर्वकको निवेदन र संस्था दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
२ कार्य समितिको निर्णय प्रतिलिपी र पदाधिकारीहरुको नामावली ।
३ लेखा परीक्षण प्रतिवेदन र ईजाजतपत्रको प्रतिलिपी ।         
४ गा.पा./न.पा.कोे सिफारिश पत्र र कर चुक्ता प्रमाण ।
५ गत आ.व.को वार्षिक प्रगति प्रतिवेदन ।
६ आउने आ.ब.को कार्य योजना

छ) संस्था दर्ताको प्रमाण पत्र /स्वीकृत विधानको प्रतिलिपीः-
१ निवेदन ।
२ कार्य समितिको निर्णयको प्रतिलिपि ।
३ संस्था दर्ता प्रमाण पत्र ।

ज) संस्थाको विधान संशोधनः-
१. निवेदन सहित साधारण सभाको निर्णयको प्रतिलिपी ।
२. तीन महले संशोधित विधान सम्वन्धि विवरण (भैरहेको ब्यवस्था संशोधन कारण) ।
३. स्वीकृत विधानको प्रतिलिपी ।
४. गा.पा./न.पा.कोे सिफारिश पत्र

झ) जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृतीः-
१. निवेदन सहित संस्थाको कार्य समितिको निर्णय तथा अख्तियारी पत्र ।
२. विधानको प्रतिलिपी । 
३. कुन स्थानीय तहमा शाखा खोल्ने हो सो स्थानीय तहको  सिफारिस ।
४. नविकरण भएको प्रमाणपत्रको प्रतिलिपी
५. कर चुक्ता प्रमाण ।

ञ) पत्रपत्रिका दर्ताः- 
१. अनुसूची–४ अनुसारको दरखास्त ।
२. प्रकाशकको नागरिकताको छायाप्रति र ४ प्रति फोटो ।
३  सम्पादकको नियुक्ति पत्र र संपादकको मन्जुरीनामा ।
४ संपादकको शैक्षिक योग्यता तथा नागरिकताको छायाप्रति ।( शैक्षिक योग्यताको हकमा एस.एल.सी.देखि स्नातक तह सम्मको मार्कसिट, चारित्रिक प्र.प र प्रोभिजनल सर्टीफिकेटका प्रतिलिपि वा एस.एल.सी उत्रिण गरि पत्रकारितामा १० वर्ष कार्य गरेको सूचना विभागको प्रमाणपत्र समेतका प्रमाणहरुको प्रतिलिपि चाहिने हुन्छ |
५ छापाखानाको स्वीकृति पत्र र छापाखानाको मन्जुरीनामा । (छापाखाना संचालनका लागि जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति दिएको प्रमाणपत्रको प्रतिलिपि चाहिने )
६. प्रकाशक संस्था भए संस्थाको दर्ता प्रमाण पत्र, स्वीकृत विधान, संस्थाको निर्णय,संचालकहरुको ना.प्र.पत्र छायाप्रति र लेखा परीक्षण प्रतिवेदन । 
७. कर तिरेको प्रमाण ।

ट) छापाखाना दर्ताः- 
१.अनुसूची–१ अनुसारको दरखास्त ।
२ छापाखाना संचालककोे नागरिकता र फोटो ।
३ छापाखाना राख्ने ठाउंकोे घर जग्गाको प्रमाणहरु र लोकेशन नक्सा ।
४.छापाखानाका उपकरणहरु खरीद गरेकोे भए सो को प्रमाण ।
५. कुनै संस्था भए संस्थाको विधान र संस्थाको निर्णय प्रतिलिपी ।
६. कर तिरेको प्रमाण ।

ठ)  बादी परिचयपत्रः- 
१. निवेदन (नमूना बमोजिमको)
२. नागरिकताको छायाप्रति
३ गा.पा./न.पा.को सिफारीस

ड) हातहतियार नामसारी, नविकरण र स्वामित्व हस्तान्तरणः-
१.निवेदन (नमूना बमोजिमको)
२ हातहतियार इजाजत पत्र (हतियार समेत) ।
३. नामसारीको हकमा मृत्युदर्ता, नाता प्रमाणित, स्थानीय निकायको सिफारिस ।
४. स्वास्थ्य स्थिति र चालचलन गतिविधिको सम्बन्धमा सम्बन्धित निकायको सिफारिस ।

ढ) शान्ति सुरक्षाः-
१. यथार्थ विवरण सहितको निवेदन ।
२. नागरिकताको छायाप्रति ।

ण) नाम, जन्ममिति र थर सच्याउनेः-
१)  एस.एल.सी. परीक्षा उर्तिण भै प्रमाणपत्र पाएको मितिले ६ महिना भित्र निवेदन 
२)  सम्वन्धित गा.पा./न.पा.को सिफारिश 
३)   विद्यालयको सिफारिस र  फोटो २ प्रति                        
५)  ना.प्र. पत्रको फोटोकपी ।
६)  शिक्षा विकास तथा समन्वय इकाईको पत्र ।
७) शैक्षिक प्रमाणपत्रहरुको फोटोकपी

त) CC TV/Camera जडान जानकारी-
 १. CC TV/Camera जडान गरेको १५ दिन भित्र अनुसूची-१ बमोजिमको ढाँचामा निवेदन पठाउने  ।

थ) RPA/Drone उडान अनुमति लिने सम्वन्धमाः-
१. तोकिएको ढाँचामा चेकलिष्ट सहितको निवेदन ।
२. दुई केजी भन्दा कम तौल भएको हुनु पर्ने ।
३. नेपालमा खरिद गरेको उडान उपकरणको हकमा कर विजक र विदेशबाट खरिद गरी ल्याएको उपकरणको हममा भन्सार विजक ।
४. उडान उपकरण सञ्चालनको उद्देश्य ।
५. उडान इजाजत पत्रको अवधि इजाजत पत्र जारी भएको मितिबाट बढीमा ३ महिनाको हुनेछ । 
६. नागरिक उड्ययन प्राधिकरणमा उपकरण दर्ता गरेको प्रमाण पत्र र प्राधिकरणको उडान सहमति पत्र
७. उडानको स्पष्ट उद्देश्य र उडान गर्न चाहेको क्षेत्र तथा स्थान सम्वन्धी विवरण (Flight Details, Google/Flight Location Map), उडान शुरु गर्ने र सम्पन्न गर्ने अवधि खुलेको हुनु पर्नेछ ।
८. विदेशी व्यक्ति वा संस्थाको हकमा स्थानीय व्यक्ति वा एजेन्सीलाई दिइएको अधिकार पत्र(Authorization Letter)
९. RPA  उडान गर्ने व्यक्तिको बायोडाटा, नागरिकता वा राहदानी र विदेशी व्यक्तिको हकम Valid Visa
१०. शर्त पालना सम्वन्धी उडानकर्ताको प्रतिवद्धता ।



Procedures

कोठा नं. ७ बाट काम हुने ।

नियमानुसार कार्य सम्पादन हुने । कामको प्रकृती अनुसार सक्कल कागजातहरु देखाउनु पर्ने भएकाले साथमा लिई आउनु पर्ने ।

Last Updated : 2083-03-03 11:29:14

© All Rights Reserved to District Administration Office, Bardiya .