उच्च सतर्कता अपनाउन अनुरोध ।
Images : उच्च सतर्कता अपनाउन अनुरोध ।
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाबाट जारी मनसून सम्बन्धी विशेष मौसमी बुलेटिन तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट जारी भएको सतर्कताका लागि अनुरोध पत्र अनुसार २०८३ असोज ०७ गतेदेखि 11 गतेसम्म देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, हिमपात सहित त्यसबाट बाढी, डुबान, पहिरो, भू-क्षय लगायतका विपद्जन्य घटना हुन सक्ने सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा हावाहुरी, चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा तथा एकदुई स्थानमा अतिभारी बर्षाको सम्भावना रहेकाले बर्दिया जिल्लामा नदी तथा खोलानालाको जलस्तर बढ्न सक्ने, तटीय तथा होचा भूभागमा डुबान हुन सक्ने र अन्य विपद्को जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी सम्बन्धित सबैमा उच्च सतर्कता अपनाउन हार्दिक अनुरोध गरिन्छ।
यस सम्बन्धमा आम नागरिक, स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूले निम्नबमोजिमका सतर्कता अपनाउन तथा पूर्वतयारीका कार्यहरू गर्नुहुन हार्दिक अनुरोध छ।
| Name of File / Title | File Size | Action |
|---|---|---|
|
उच्च सतर्कता अपनाउन अनुरोध ।
सूचना.pdf |
360.63 KB |
